जेनजी आन्दोलनमा सुदूरपश्चिमका २ सय ३२ भवनमा तोडफोड र आगजनी

जेनजी आन्दोलनमा सुदूरपश्चिमका २ सय ३२ भवनमा तोडफोड र आगजनी
+
-
देशसञ्चार AI सारांश
  • सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनले २३२ भवनमा आगजनी र तोडफोड गरी व्यापक क्षति पुर्याएको छ।
  • सरकारी कार्यालयमा सबैभन्दा बढी क्षति पुगेको छ, विशेष गरी कैलाली र कञ्चनपुरका कार्यालयहरु प्रभावित भएका छन्।
  • आन्दोलनका कारण प्रहरीसहित ३९ जना घाइते भएमा सबैको उपचारपछि डिस्चार्ज गरिएको छ।

धनगढी- भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशमा २ सय ३२ भवनमा आगजनी र तोडफोड भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार आन्दोलनका क्रममा १ सय ५५ सरकारी कार्यालय, ३४ राजनीतिक दलका कार्यालय, ३५ व्यापारिक तथा निजी भवन र ९ प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको हो।

प्रदेश प्रहरी कार्यालयका तथ्यांकअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी सरकारी कार्यालयमा क्षति पुगेको छ। तीमध्ये दार्चुला, बझाङ र कञ्चनपुरका एक-एक तथा कैलालीका दुई सरकारी कार्यालयमा आगजनीका कारण पूर्ण क्षति भएको छ।

त्यस्तै, कैलालीका १०१, कञ्चनपुरका २४, डोटीका १०, अछामका ४, डडेल्धुराका ८ र दार्चुलाका ३ कार्यालयमा आंशिक क्षति पुगेको छ।

प्रहरी कार्यालय तर्फ ७ ट्राफिक पोष्ट र कैलालीका ३ प्रहरी कार्यालयमा पूर्ण क्षति पुगेको छ भने कैलालीका २, कञ्चनपुरका ३ र डोटीको १ गरी ६ प्रहरी कार्यालयमा आंशिक क्षति भएको छ।

यस्तै, ३५ निजी तथा व्यापारिक भवनमा पनि आगजनी र तोडफोड भएको छ। जसमा कैलालीका १५, कञ्चनपुरका १९ र डडेल्धुराको १ भवनमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाशबहादुर रानाभाटका अनुसार निजी तर्फ मुख्यत: राजनीतिक दलका नेता तथा कार्यकर्ताका घरमा आगजनी भएको हो।

प्रदेश प्रहरीका अनुसार सुदूरपश्चिमका ६ जिल्लामा रहेका राजनीतिक दलका ३७ कार्यालयमा आगजनी र तोडफोड भएको छ। तीमध्ये कैलालीका २३, कञ्चनपुरका ५, डोटीका २, डडेल्धुराका ४ र दार्चुलाका ३ पार्टी कार्यालयमा आंशिक क्षति पुगेको छ। त्यस्तै, डडेल्धुराका २ संस्थागत भवनमा पनि क्षति पुगेको छ।

प्रहरीसहित ३९ जना घाइते
आन्दोलनका क्रममा प्रहरी, प्रदर्शनकारी र कैदीसहित ३९ जना घाइते भएका थिए।

प्रदेश प्रहरी कार्यालयका अनुसार कैलालीमा ११, कञ्चनपुरमा १० र डडेल्धुरामा ८ गरी ३७ जना प्रहरी घाइते भएका थिए।

त्यस्तै, कैलालीमा ३ प्रदर्शनकारी घाइते भएका थिए भने बझाङमा एक कैदी कारागारबाट भाग्ने क्रममा घाइते भएका थिए। सबै घाइतेको उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?