
जनकपुरधाम- जेनजी आन्दोलनपछि पहिलो पटक मधेस प्रदेशको प्रदेशसभा बैठक बस्न लागेको छ।
१ बजे बोलाइएको बैठकमा बल्ल सहभागी हुन प्रदेशसभा सदस्य तथा मन्त्रीहरू पुग्न थालेका छन्।
प्रदर्शनपछि पहिलो पटक बस्न लागेको बैठकमा सहभागी हुन आएका मन्त्रीहरू झण्डा नलगाएका र रातो नम्बर प्लेटका गाडीमा आएका छन्।
यस्तै, विषयगत समितिका सभापति र पार्टीका संसदीय दलका नेतासहित केहीसँग सरकारी नम्बर प्लेटका गाडी भए पनि अधिकांश सदस्य निजी सवारी साधन प्रयोग गरेर बैठकमा आइरहेका छन्।
छैटौं अधिवेशन सुरु भएदेखि नै प्रतिपक्षी दलको अवरोधका कारण बैठक सञ्चालन हुन सकेको छैन।
तस्बिरहरू: