मधेस प्रदेश सभामा सत्तारूढ जनमतका सांसदहरू प्रतिपक्षी सिटमा

मधेस प्रदेश सभामा सत्तारूढ जनमतका सांसदहरू प्रतिपक्षी सिटमा
+
-

जनकपुरधाम – मधेस प्रदेशमा मुख्यमन्त्री सतिशकुमार सिंह र उनको दल जनमत पार्टीका सांसद दुई कितामा बाँडिएका छन्।

जेन–जीको आन्दोलनपछि पहिलो पटक बसेको मधेस प्रदेशसभा बैठकमा जनमत पार्टीकै नेतृत्वमा प्रदेश सरकार रहे पनि मुख्यमन्त्रीबाहेकका जनमतका प्रदेशसभा सदस्यहरु प्रतिपक्षीतर्फ बसेका छन्।

मंगलबार बोलाइएको बैठकमा जनता समाजवादी पार्टी नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसँगै जनमतका प्रदेशसभा सदस्यहरु पनि प्रतिपक्षतर्फ बसेका हुन्।

जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो दलका मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाउने पत्र प्रदेश प्रमुखको कार्यालय तथा प्रदेशसभा सचिवालयमा दिएका थिए।

तर, मुख्यमन्त्री सिंहले राजीनामा दिन अटेरी गरेपछि जनमतका बाँकी प्रदेशसभा सदस्य प्रतिपक्षमा बसेका हुन्।

दलका नेता यादवले सभामुख रामचन्द्र मण्डललाई आफूहरू प्रतिपक्षमा बस्ने भनेपछि उनले सोहीअनुसार सिटको व्यवस्थापन गरेका हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?