एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज २६ गतेदेखि

एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज २६ गतेदेखि
+
-

मोरङ – मोरङको बेलबारीमा असोज अन्तिमबाट बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप–२०८२ को आठौं संस्करण हुने भएको छ।

एलएक्स सिटी फुटबल क्लबद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा आठ वटा क्लबको सहभगिता रहने जानकारी दिइयो। प्रतियोगिता असोज २६ गतेदेखि कार्तिक १ गतेसम्म हुनेछ।

क्लबका महासचिव शम्भु बस्नेतले प्रतियोगितामा साविक विजेता झापा ११ सहित आयोजक क्लब, सिरहाको सलहेश युवा क्लब, ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड, बि डिभिजन लिग विजेता प्लानिङ ब्वाईज युनाइटेड, धनकुटा राजारानीको रारा फुटबल क्लब, भोजपुर जिल्ला फुटबल संघ भोजपुर, र भारतको लिजेण्ड फुटबल एकेडेमीको सहभागिता रहने बताए।

प्रतियोगितामा विजेता हुने टोलीले डेढ तोला सुन र ३ किलो चाँदीजडित रनिङ ट्रफीसहित ८ लाख रुपैयाँ हात पार्नेछ।  महासचिव बस्नेतले उपविजेताले चार लाख रुपैयाँ हात पार्ने बताए।

रनिङ ट्रफी पूर्णरूपमा आफ्नो बनाउन कुनै पनि टोलीले लगातार तीन पटक उपाधि हात पार्नुपर्ने हुन्छ। पत्रकार सम्मेलनमा आयोजक क्लबले प्रतियोगिताबाट कुल अनुमानित आम्दानी ७२ लाख रुपैयाँ बढी हुने जनाएको छ।

त्यसैगरी प्रतियोगितामा करिब ६३ लाख रुपैयाँ खर्च हुने जनाइएको छ। प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिने बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?