धनुषाका कुनै पनि स्थानीय तहको खाता सञ्चालनमा आएन

धनुषाका कुनै पनि स्थानीय तहको खाता सञ्चालनमा आएन
+
-

जनकपुरधाम – चालु आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि धनुषाका कुनै पनि स्थानीय तहको खाता सञ्चालनमा आउन सकेको छैन। यस कारण त्यहाँ कार्यरत कर्मचारीहरूले तलब पाउन सकेका छैनन् र सम्पूर्ण आर्थिक कारोबार ठप्प भएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाका प्रमुख कोष नियन्त्रकका अनुसार धनुषामा रहेका कुल १८ वटा स्थानीय तहमध्ये कसैको पनि खाता खुलेको छैन। यसमा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका छन्।

स्थानीय तहको खाता सञ्चालनका लागि केही महत्वपूर्ण प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। यसमा नगरसभा वा गाउँसभा सम्पन्न गरेको हुनुपर्ने, आर्थिक र विनियोजन विधेयक पारित गरेको हुनुपर्ने, बजेट पारित गरेको हुनुपर्ने र गत वर्षको हिसाब विवरण बुझाएर हिसाब मिलेको हुनुपर्ने प्रावधान छन्। यी प्रावधान पूरा नहुँदा खाता खोल्न ढिलाइ भएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार १८ वटा स्थानीय तहमध्ये १० वटाले आर्थिक वर्ष २०८२/८३ को बजेटसमेत पेश गरेका छैनन्।

खाता सञ्चालनमा नआउँदा कर्मचारीहरूले तलब भत्ता पाएका छैनन् र स्थानीय तहको विकास निर्माणका कार्यलगायतका सम्पूर्ण आर्थिक कारोबार रोकिएका छन्। यसले स्थानीय सेवा प्रवाहमा समेत असर परेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?