
- लोसपा सांसद जीतेंद्र सोनलले प्रधानमन्त्री शुषिला कार्कीले मधेसी शब्द नउच्चाएकोमा मधेस प्रदेशसभामा आपत्ति जनाए।
- उनले समावेशिता सवालमा आदिवासी, जनजाति, दलित आदि समेटिए पनि मधेसीको उल्लेख नहुनु चिन्ताजनक बताए।
- मुख्यमन्त्री सतिशकुमार सिंहको रवैयामा असन्तोष जनाउँदै, पार्टी निर्णय पालना गर्न मार्ग प्रशस्त गर्न सोनलले आग्रह गरे।
जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधेस प्रदेशसभा सदस्य जितेन्द्र सोनलले प्रधानमन्त्री शुशिला कार्कीको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् । बुधबार बसेको मधेस प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्दै सोनलले प्रधानमन्त्री कार्कीले एउटा अन्तरवार्ताको क्रममा प्रधानमन्त्री कार्कीले समावेशिताको सबालमा बोलिरहँदा मधेसी शब्द उचारण नगरेको भन्दै आपत्ति जनाएका हुन्।
उनले राष्ट्र प्रमुखले बालिरहँदा समावेशिताको कुरा गर्दा तमाम जातजातिको कुरा राखेको तर उनको लबजमा, शब्दमा मधेशी शब्द नआएको भन्दै उनले यो मधेसीहरुका लागि चिन्ताको विषय भएको बताए।
‘राष्ट्र प्रमुखले बोलिरहँदा जे संविधानले बोलेको छ समावेशिताको सवालमा आदिवासी, जनताजी, दलित, मुस्लिम, थारु लगायतको सहभागिताको सवालमा उहाँ मधेसी शब्द बार बार चेतनाको अभावमा भुले। यो हाम्रो लागि अत्यन्त चिन्ता र आपत्तिको विषय छ । यो देशमा सबै जातजातीको अस्तित्व समान हो’, उनले भने ।
प्रदेशसभा सदस्य सोनलले कुनै जातजातिलाई हेला गर्ने अधिकार कसैलाई नभएको बताउँदै लोकतन्त्रमा सबैको समान अधिकार, समान अस्तित्व रहेकाले जातजाति, समुदायको नाममा हेला भए त्यो सहय हुन नसक्ने बताए।
यस्तै, उनले मुलुक अहिले तरल अवस्थामा रहेकाले मधेसवासीमाथि थप जिम्मेवारी आएको बताए । उनले मधेस प्रदेश संघीयताको जननीको रुपमा, समावेशिताको जननीको रुपमा शोषितलाई राज्यको मूलधारमा ल्याउनुपर्छ त्यसमा लागेको मधेसलाई थप जिम्मेवारी आएको बताए ।
‘हामीले प्राप्त गरेको संघीयता, संघर्ष गरेर संविधानमा हामीले जे प्राप्त गर्यो त्यसको रक्षाको लागि सबै एक जुट भएर उभनुपर्ने आवश्यकता छ’, उनले भने ।
विशेष समयमा बोल्दै सोनलले मुख्यमन्त्री सतिशकुमार सिंहको रवैया प्रति आपत्ति जनाए । उनले पार्टीले उनलाई फिर्ता बोलाएपनि मुख्यमन्त्री सिंहले अटेरी गरेकाले मार्ग प्रसस्त गरेर अगाडि बढ्न आग्रह गरे ।
‘हाम्रो मुख्यमन्त्री वितग केही दिन देखि यो जेनजी आन्दोलनपछि मैले सोशल मिडियामा उनले राजीनामा गरेको सुने । फेरि सोसल मिडियामा सुने तत्कालिन परिवेशका लागि गरेका थिए । यो प्रदेशसभाको अस्मितासँग, अस्तित्वसँग खेल्ने काम नगरौँ’, उनले भने। सोनलले यो दलीय व्यवस्था रहेकाले त्यस हिसाबले जानुपर्ने बताए।