आगजनी, तोडफोड र लुटपाट गर्ने जेनजी होइनन् : मुख्यमन्त्री आचार्य

आगजनी, तोडफोड र लुटपाट गर्ने जेनजी होइनन् : मुख्यमन्त्री आचार्य
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री आचार्यले जेनजी आन्दोलनबाट प्रभावित पश्चिम नवलपरासीका सरकारी र निजी भवनहरूको अनुगमन गरे।
  • आन्दोलन बेला तोडफोड र लुटपाटमा आपराधिक समूहले जेनजीको नाम दुरुपयोग गरेको मुख्यमन्त्रीको ठहर छ।
  • उन्होंने ध्वस्त कार्यालयबाट सेवा निरन्तर राख्न टेन्टमुनी काम गर्न र संघीय सरकारसँग कानुनी कारबाही माग गरे।

नवलपरासी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजीको आन्दोलनका कारण पश्चिम नवलपरासी जिल्लामा प्रभावित भएका सरकारी कार्यालय, व्यवसायिक भवन तथा निजी घरहरूको शुक्रबार अनुगमन गरेका छन्।

भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र तोडफोडबाट प्रभावित कार्यालयहरूको सेवा प्रवाहलाई निरन्तरता दिने उद्देश्यले उनले अनुगमनलाई निरन्तरता दिएका हुन्।

यसअघि अर्घाखाँची, प्यूठान, दाङ, बाँके र रुपन्देही जिल्लाका प्रभावित कार्यालयहरूको निरीक्षण गरिसकेका मुख्यमन्त्री आचार्यले शुक्रबार पश्चिम नवलपरासीका विभिन्न कार्यालयहरूको पनि अनुगमन गरे।

जेनजीहरूले सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाट नगरेको प्रष्ट पार्दै मुख्यमन्त्री आचार्यले आपराधिक समूहहरूले जेनजीको नाममा त्यस्ता गतिविधि गरेको ठहर गरेका छन्।

विभिन्न कार्यालयहरूको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन संघीय सरकारसँग माग गरे।

‘जेनजीहरूले मुलुकमा सुशासन कायम गर्दै भ्रष्टाचारको अन्त्य चाहेका हुन्। उनीहरूको प्रमुख मुद्दा यही हो। तर अराजक गतिविधि गर्ने काम जेनजीको भावना विपरीत छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘यो ध्वंसात्मक गतिविधि अस्वीकार्य छ।’

उनले जनताको काम टेन्टमुनि बसेर भए पनि निरन्तरता दिने प्रतिवद्धता जनाए। ‘टेन्टमुनि बसेर भए पनि जनताको काम गर्छौं। कर्मचारीलाई मनोबल उच्च बनाएर काममा खटिन भनीसकेका छौं। उहाँहरूले काम सुरु गरिसक्नुभएको छ,’ उनले भने, ‘पूर्ण रूपमा ध्वस्त भएका कार्यालयबाट सेवा सुचारु गर्न प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरिसकेको छ।’

आन्दोलनका क्रममा पश्चिम नवलपरासीको सरावल गाउँपालिका, बर्दघाट नगरपालिका, वडा कार्यालयहरू, जनप्रतिनिधिहरूको निवास, होटल तथा रेस्टुरेन्टमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जेनजीको आन्दोलनको नाममा भएका अराजक गतिविधिले सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको बताए।

यसअघि सार्वजनिक प्रारम्भिक विवरणअनुसार लुम्बिनी प्रदेशमा जेनजी आन्दोलनका क्रममा १३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको छ। साथै ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका कार्यालय र १४ प्रहरी कार्यालयमा पनि आगजनी तथा तोडफोड भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?