धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला
+
-

धनगढी- बिहीबारदेखि बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ की ११ वर्षीया सुमित्रा राना मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार उनी शुक्रबार मोहना नदीमा मृत अवस्थामा भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीबार साँझ करिब ४ बजेतिर हराएकी सुमित्राको खोजी गर्न परिवारले खबर गरेपछि अनुसन्धान सुरु गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार, जानकारी पाएलगत्तै खोजी कार्य अघि बढाइएको थियो र त्यस क्रममा बालिका मृत अवस्थामा भेटिएकी हुन्।

प्रहरीका अनुसार बालिकाको शव नदीमा डुबेको अवस्थामा फेला परेको थियो। उनका कपडा र चप्पल भने घटनास्थलदेखि करिब दुई सय मिटर टाढा भेटिएका थिए। शव निर्वस्त्र अवस्थामा भेटिएकाले घटना रहस्यमय भएको प्रहरीले जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि पठाइएको छ र रिपोर्ट आएपछि मृत्युको कारणबारे थप तथ्य सार्वजनिक हुने प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सिंहले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?