चीनद्वारा ‘ फेंग्युन–३–०८’ भू–उपग्रह सफल प्रक्षेपण

चीनद्वारा ‘ फेंग्युन–३–०८’ भू–उपग्रह सफल प्रक्षेपण
+
-

चीनले शनिबार बिहान आफ्नो नयाँ भू–उपग्रह ‘ फेंग्युन–३–०८’ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ। यो प्रक्षेपण उत्तरपश्चिम चीनस्थित च्युच्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ३ः२८ बजे (बेइजिङ समय अनुसार) सम्पन्न भएको हो।

‘फेंग्युन–३–०८’ उपग्रहको मुख्य उद्देश्य मौसम पूर्वानुमान, वातावरणीय अध्ययन, वायुमण्डलीय रसायन विश्लेषण र जलवायु परिवर्तनको निगरानी गर्नु रहेको छ।

उपग्रहलाई ‘लङ्ग मार्च–४सी’ नामक प्रक्षेपण यानमार्फत अन्तरिक्षमा पठाइएको हो र यसले निर्धारित कक्षमा सफलतापूर्वक स्थान लिएको चीन राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले जानकारी दिएको छ।

यो भू–उपग्रहमा नौवटा टाढाबाट अवलोकन गर्ने यन्त्रहरू जडान गरिएका छन्, जसमा क्यामेरा र सूक्ष्मतरङ्ग चित्रग्राहक (इमेजर) छन्।

यस प्रक्षेपणसँगै चीनको विश्वव्यापी सङ्ख्यात्मक मौसम भविष्यवाणी क्षमता, जलवायु परिवर्तनप्रति उत्तरदायित्वपूर्ण तयारी र प्राकृतिक विपद् रोकथाम तथा न्यूनीकरण सम्बन्धी क्षमता थप सुदृढ हुने सीएनएसएले जनाएको छ। यो प्रक्षेपण लङ्ग मार्च शृङ्खलाको ५९६औं सफल मिसन बनेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?