बैतडीमा गाडी दुर्घटना, १० जना घाइते

बैतडीमा गाडी दुर्घटना, १० जना घाइते
+
-
देशसञ्चार AI सारांश
  • धनगढीबाट पुर्चौंडी जाँदै गरेको जिप दुर्घटनामा परी १० जना घाइते हुँदा ८ जना सकुशल रहेका छन्।
  • घाइतेमध्ये ६ जनाको अवस्था सामान्य र ४ जनाको अवस्था मध्यम रहेको बताइएको छ।
  • उपचारका लागि डडेल्धुरा अस्पताल लगाइएको भए पनि चालक महेश बोहरा दुर्घटनापछि फरार भएका छन्।

धनगढी – बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा विद्युतीय गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। धनगढीबाट पुर्चौंडी तर्फ जाँदै गरेको सु.प.प्र.०२००१ ज ६२० नम्बरको जिप शनिबार दिउँसो जयपृथ्वी राजमार्ग अन्तर्गत भञ्ज्याङमा दुर्घटना भएको हो।

जिपमा चालक सहित १९ जना सवार रहेका थिए। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूका अनुसार ८ जना सकुशल छन् भने १० जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था सामान्य र ४ जनाको अवस्था मध्यम रहेको छ।

घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ वर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, ५ वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउँद रहेका छन् । यसैगरी पुर्चौंडी नगरपालिका–४ का १९ वर्षीया कमला धानुक, २२ वर्षीय प्रकाश धानुक र पुर्चौंडी–३ की २२ वर्षीया सावित्री धामी पनि घाइते भएका छन्।

घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक महेश बोहरा फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?