दसैँको छैटौँ दिन: कात्यायनी देवीको पूजा आराधना गरिँदै (तस्बिरहरू)

दसैँको छैटौँ दिन: कात्यायनी देवीको पूजा आराधना गरिँदै (तस्बिरहरू)
+
-

काठमाडौँ- बडादसैँको आज छैटौँ दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौं दिन हो।

यस दिन नवदुर्गामध्येकी छैटौं कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। सत्य र न्यायकी प्रतिमूर्ति मानिने कात्यायनी देवीलाई साहस र शौर्यकी देवीको रूपमा पनि पूजिन्छ।

कात्यायनी देवीको पूजा गर्नाले भक्तजनमा आत्मबल वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुने धार्मिक विश्वास रहेको छ। देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

राजधानी काठमाडौँको बानेश्वरमा रहेको प्रसिद्ध कात्यायनी मन्दिरमा पनि देवीको पूजा आराधनाका लागि भक्तजनहरू भेला भएका छन्।

यस दिन विशेषगरी धार्मिक विधिअनुसार कलश, देवीको प्रतिमा, र पूजा सामग्रीहरूमा कात्यायनी देवीको आह्वान गरी विशेष पूजा गरिन्छ।

नवरात्रभर शक्तिपीठहरूमा भक्तजनको चहलपहल बढ्दा दशैँको धार्मिक माहोल झनै उत्साहपूर्ण बनेको छ। भोलि सातौँ दिन कालरात्री देवीको पूजा आराधना गरिनेछ।

तस्बिरहरूः 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?