खसी बोका ब्यापारका लागि केन्द्र बन्दै धरानको कृषि उपज बजार

खसी बोका ब्यापारका लागि केन्द्र बन्दै धरानको कृषि उपज बजार
+
-
देशसञ्चार AI सारांश
  • धरान उपमहानगरपालिकास्थित कृषि उपज बजारमा चाडपर्वका समयमा खसीबोकाको विक्रीमा केही कमी आएको छ।
  • खसीबोका व्यापारी श्यामबहादुर बस्नेतका अनुसार, यसपटक खसीबोकाको विक्री र मूल्य सन्तोषजनक छैन।
  • बजार व्यवस्थापनका अध्यक्ष लक्ष्मण भट्टराईले गत वर्ष करिब १ लाख २० हजार खसीबोका बिक्री भएको जानकारी दिए।

मोरङ – सुनसरीको धरान उपमहानगरपालिकास्थित कृषि उपज बजारबाट चाडपर्वका क्रममा खसीबोकाको विक्री बढेको छ। उपमहानगरपालिका–१३ स्थित बजार हाल साताको दुई दिन बिहीबार र शुक्रबार सञ्चालनमा आउने गरेको छ। जहाँ उत्तरपूर्वी पहाडी क्षेत्र धनकुटा, सखुवासभा, भोजपुर, तेह्रथुम, पाँचथरसंगै सुनसरी, मोरङबाट व्यापारी तथा किसान खसीबोका बिक्रीका लागि पुग्ने गरेका छन्।

बडा दशै लागेसंगै संखुवा सभाबाट खसीलिएर बजारमा आएका ब्यापारी श्यामबहादुर बस्नेतले भने खसीबोकाको बिक्री पहिलो जस्तो नभएको बताएकाछन्। विगत १८ वर्षदेखि खसी बोका विक्री गर्दैका आएका उनले भने, ‘हरेक दशैमा पहाडबाट खसी लिएर आउँछु। यहाँ खरिदविक्री गर्न सहज छ। तर यसपटक बजार त्यति खुलेको छैन। १५ वटा खसी ल्याएकोमा हालसम्म एउटामात्र विक्री भएको छ। खसीले भने जस्तो मूल्य पाउन सकेकाछैनन्।’

अर्कोतर्फ, सुनसरीको दुहबीबाट खसी खरिद गर्न पुगेका नौशाद मियाँ बजारले राम्रो आम्दानी दिदै आएको बताउँछन्। उनका अनुसार साताको दुईपटक लाग्ने बजारमा एकपटकमा कम्तीमा डेढ सय वटासम्म खसी बोका खरिद गरि अन्यत्र पठाउने गरेकाछन्। मियाँले खरिद गरेका खसीबोकाको मुख्य बजार विराटनगर, झुम्का, लाहान, इटहरीदेखि जनकपुरसम्म रहेको छ। विगत ३१ वर्षदेखि यसै पेशमा आवद्ध रहदै आएको मियाँका अनुसार काम गर्न झंझट जस्तो देखिए पनि मासिक करिब ८० हजारदेखि १ लाख रुपैयासम्म नाफा लिन सकिन्छ।

अर्कोतर्फ, बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार हरेक हप्ता दुई दिन सञ्चालन हुने यस बजारमा दैनिक करिब ४ हजार ५ सय वटा खसीबोका बिक्री हुने गरेको छ। गत आर्थिक वर्ष २०८१÷०८२ मा १ लाख २० हजारभन्दा बढी खसीबोका बिक्री हुँदा करिब २ अर्ब ४० करोड रुपैया बराबरको कारोबार भएको उनको भनाई छ।

यसपटक भदौ महिनामा खसीबोकाको कारोबार कम भएको उनले बताए। उनले भने, ‘१२ महिनामा भदौमा सबैभन्दा बढि संख्यामा खसीबोकाको ब्यापार हुने गरेको छ। तर यसपटक, साउनमहिनामा भएको वर्षा र पहाडी क्षेत्रमा सडक समस्याका कारण ढुवानी हुन नसक्दा ब्यापार अपेक्षाकृत हुन सकेन। त्यसमाथि जेन जी आन्दोलनले समेत केही त्रासका वातावरण सृजना गरेको थियो। ’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?