आमा र शिशुलाई पोषण सामग्री सहयोग

आमा र शिशुलाई पोषण सामग्री सहयोग
+
-
देशसञ्चार AI सारांश
  • खार्पुनाथ गाउँपालिकाले सुनौलो हजार दिनका आमा र शिशुलाई पोषणयुक्त खाना र सरसफाइ सामग्री वितरण गर्यो।
  • स्वास्थ्य शाखाले आमा र शिशुको पोषणमा सुधार ल्याउन वार्षिक कार्यक्रमअन्तर्गत सामग्री उपलब्ध गराउँछ।
  • गाउँपालिकाभरी २११ आमा र शिशुलाई घ्यू, मार्सी चामल, र सरसफाइका सामग्री जस्ता वस्तु दिएका छन्।

सिमकोट (हुम्ला) – खार्पुनाथ गाउँपालिकाले आफ्ना वडामा रहेका सुनौलो हजार दिनका आमा र शिशुलाई पोषणयुक्त खानेकुरा र सरसफाइसम्बन्धी सामग्री प्रदान गरेको छ। आमा र शिशुलाई कुपोषणबाट जोगाउन र सरसफाइमा सहजताका लागि गाउँपालिका स्वास्थ्य शाखाले सामग्री प्रदान गरेको हो।

प्रत्येक वडाका सुनौलो हजार दिनमा आमा र शिशुलाई पोषण, सरसफाइका सामग्री सहयोग गरिएको खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाहीले बताए। उक्त उमेर समूहका आमा र शिशुको पोषणमा सुधार ल्याउन र सरसफाइ गर्न सहयोग गर्न गाउँपालिकाले वार्षिक कार्यक्रम तय गरेर सहयोग गरेको हो।

गाउँँपालिकाभरी २११ जना सुनौलो हजार दिनको आमा र त्यति नै सङ्ख्यामा शिशु छन्। उनीहरु सबैलाई ती सामग्री वितरण गरिएको उहाँले बताए। स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार सहयोग गरिएका सामानमा घ्यू, मार्सी चामल, अण्डा, हर्लिक्स, च्यवनप्रास छन्भने सरसफाइका सामानमा बाटा, बाल्टी, साबुन छन्।

त्यसैगरी ग्रिनहाउस निर्माणका लागि पाल र गार्डेन पाइप पनि प्रदान गरिएको छ। खार्पुनाथ गाउँपालिका–२ को थाली स्वास्थ्य चौकी इन्चार्ज वीरसिंह रावलले आफ्नो वडाभित्रका ३५ जना सुनौलो हजार दिनका आमा र शिशुलाई पोषण तथा सरसफाइसम्बन्धी सामान प्रदान गरिएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?