विराटनगरमा भित्र्याइयो फूलपाती

+
-

मोरङ – विराटनगरमा बडादसैँको सप्तमीमा फूलपाती भित्राइएको छ। मेनरोडमा अवस्थित कालीथान मन्दिरबाट निकालिएको फूलपाती बजार परिक्रमासहित साढे सात बजेको शुभ साइतमा विराटनगर ७ स्थित मोरङ जिल्ला अदालत परिसरमा रहेको निशानी भगवतीको मन्दिरमा पूर्जाअर्चना गरी भित्र्याइएको थियो।

निशानी भगवतीको मन्दिरबाट पूजाआजा गरी फूलपाती डोलीमा राखेर विराटनगर–१० स्थित बगलामुखी मन्दिरमा पुर् याइएको थियो। बगलामुखी मन्दिरमा समेत पूजा गरिएपछि फूलपातीलाई कालीमन्दिर हुँदै पुनः निशानी भगवती मन्दिर पुगेर विधिपूर्वक फूलपाती बढाइँ गरिएको थियो।

फूलपाती बढाइँका क्रममा बगलामुखी मन्दिर र निशानी मन्दिरमा बन्दुक पड्काएर सलामी दिइने गरिए पनि यसपटक प्रहरीले ब्यान्डले मात्रै सलामी दिएको थियो।

फूलपाती बढाइँमा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखलगायत सहभागीे थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?