बोटमै पाक्यो केरा, दसैँमा पनि भएन बिक्री

बोटमै पाक्यो केरा, दसैँमा पनि भएन बिक्री
+
-
देशसञ्चार AI सारांश
  • भारतीय केराले बजार ढाकिएपछि दाङका किसानले उत्पादन गरेको केरा बिक्री गर्न नसकी समस्या भोगेका छन् ।
  • स्थानीय उत्पादन बजार र उचित मूल्य नपाउँदा किसानले धानको सट्टा गरेको केरा खेतीमा घाटा व्यहोरेका छन् ।
  • होलसेल व्यवसायीले भारतीय केरा प्राथमिकतामा राख्दा स्थानीय किसानलाई केराको उचित बजार नपाउन गाह्रो भइरहेको छ ।

दाङ– दसैँमा पनि केरा बिक्री नभएपछि किसानहरूलाई ठूलो समस्या परेको छ । होलसेल व्यवसायीले भारतबाट केरा भित्र्याएर त्यसको बजारिकरणलाई प्राथमिकतामा राखेपछि स्थानीय किसानले उत्पादन गरेको केराले बजार नपाएको हो ।

जसका कारण बोटमै केरा पाकेर खेर जाने अवस्था आएको छ । २५ रुपैयाँ दर्जनमा मालभोग केरा बिक्री गर्दा पनि व्यवसायीले नलगेको किसान रणप्रसाद सुवेदीले बताए । ‘यसपालि त नराम्ररी घाटा लाग्ने भयो । केरा बिक्री भएन । बोटमै पाक्यो । होलसेल व्यापारीले हाम्रो केरा किनेनन्’ उनले भने, ‘भारतबाट केरा भित्रियो । त्यसैलाई व्यापारीले ध्यान दिए ।’

सुवेदीले ५० विघाभन्दा बढी जग्गामा मालभोग केरा लगाएका छन् । तर, यसपालिको दसैँमा केरा बिक्री नभएको उनले सुनाए । हरिसाल र मालभोग दुवै जातका केरा उत्पादन गरेका किसानले बजार र मूल्य नपाउँदा समस्या परेको बताएका छन् ।

पछिल्लो समय व्यवसायिक रूपमा केरा खेती गर्ने किसान बढेको भए पनि बजार र मूल्यले सताएको अर्का किसान तिर्थराज ज्ञवालीले बताए ।

‘केरा खेतीमा जुन उत्साहका साथ हामी लाग्यौं, आज बजार पाउने बेला धोका पाउने अवस्था भयो’ उनले भने, ‘केरा बोटमै पाकेर खेर जाने स्थिति आयो ।’

जिल्लामा झन्डै एक हजार विगाह क्षेत्रफलमा किसानहरूले चाडपर्व र सिजनलाई लक्षित गरेर केरा खेती गरिरहेका छन् । तर, बाहिरी देशबाट आउने केराका कारण स्थानीय उत्पादनले राम्रोसँग बजार पाउन सकेको छैन ।

यसपाली पनि किसानले बजारकै समस्या भोग्नुपरेको हो । उत्पादन बढ्दै गए पनि उचित मूल्य नपाउने र बजार समेत ढुक्कको नभएकाले समस्या परेको किसानहरूको भनाइ छ ।

दाङमा केरा खेतीका लागि उपयुक्त जमिन, हावा, पानी र वातावरण छ । त्यसैले धान खेती गर्दै आएका किसानले धानको सट्टा केरा खेती गर्न थालेका हुन् ।

तर, भारतबाट आउने केरासँग स्थानीय किसानले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । नेपाली बजारमा भारतबाट आयात हुने केराबाट बजार ढाकिएको छ ।

भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्दा नेपाली किसान मर्कामा परेका छन् । व्यवसायिक रूपमा उत्पादन भए पनि बजार र मूल्य दुवै उचित नहुँदा किसानले हरेक वर्ष समस्या भोग्नुपरेको देखिन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?