
हुम्ला– हिमाली जिल्ला हुम्लाका तीनवटा गाउँपालिकाका नागरिक सहुलियत मूल्यको खाद्यान्न पाउनबाट बञ्चित भएका छन्।
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले शाखा र डिपोबाट मात्र सहुलियत मूल्यको खाद्यान्न बिक्री गर्न पाइने परिपत्र गरेको कारण तीन वटा गाउँपालिकाका नागरिक सो खाद्यान्न पाउनबाट बञ्चित हुनु परेको हो।
दशैं-तिहार र छटपर्वको अवसरमा लिमिटेडले देशभर सहुलियत पसलबाट खाद्यान्न बिक्री गरिरहेको भएपनि हुम्ला जिल्लाका तीन वटा गाउँपालिकाका उपभोक्ताले उक्त खाद्यान्न पाउन सकेका छैनन्।
यसरी सहुलियत दरमा खाद्यान्न पाउनबाट बञ्चित हुने गाउँपालिकामा खार्पुनाथ, चङ्खेली र ताजाकोटका रहेका छन्। केन्द्रबाट ती गाउँपालिकाका बिक्री केन्द्रबाट सहुलियत पसल सञ्चालनका लागि खाद्यान्न कोटा नतोकिएको कारण यसपाली दशैं, तिहार र छटमा सो खाद्यान्न पाउनबाट बन्चित हुनु परेको हो।
हुम्लामा लिमिटेडले चामल, तेल र चिनी प्रतिकेजी पाँचदेखि सात रुपियाँ छुटको बिक्री गरिरहेको छ। हुम्लामा लिमिटेडका एउटा शाखा, दुई वटा डिपो र तीन वटा पाँँचवटा खाद्यान्न बिक्री केन्द्र रहेका छन्।