कलिलैमा क्यान्सर, अस्पतालको शैयामा छट्पटिँदै विकास

कलिलैमा क्यान्सर, अस्पतालको शैयामा छट्पटिँदै विकास
+
-
देशसञ्चार AI सारांश
  • अर्घाखाँचीका विकास खनाललाई क्यान्सरले छोएपछि परिवारमा चाडपर्वको कुनै उत्साह छैन र उपचारका लागि आर्थिक अभाव छ।
  • सुरूमा हातको पाखुरा दुख्ने समस्याबाट शुरू भएको क्यान्सरको उपचारमा सबै पैसा सकिए, तर उपचार अझै सकिएको छैन।
  • घरको कमजोर आर्थिक अवस्थाका कारण विकासले आफन्त, छिमेकी र समाजसँग आफ्ना उपचारका लागि सहयोगको अपिल गरेका छन्।

दाङ– चाडपर्वको उमंग पनि छैन । न कुनै उत्साह । केवल अस्पतालको बेडमा पुगेका छोरा विकासकै पिरलो छ । अर्घाखाँची निवासी ज्ञानप्रसाद र वसन्ता खनालका कान्छा छोरा विकास खनाललाई कलिलै उमेरमा क्यान्सरले छोएपछि न चाडपर्वको उमंग छ न कुनै उत्साह ।

‘जे जति धन सम्पत्ति थियो, अहिले सम्म उपचार गर्दा सकियो,’ बुवा ज्ञानप्रसादले भने, ‘थप उपचारका लागि राजीव गान्धी अस्पताल भारतमा पुर्‍याउने हिम्मत छैन ।’ दुई छोरा र एक छोरीमध्ये कान्छा छोरालाई क्यान्सरले दुःख दिएको छ ।

हातको पाखुरा दुख्न थालेपछि २२ वर्षिय विकास खनालले सन्धिखर्क, बुटवल र भैरहवामा पटक–पटक उपचार गराए । तर निको भएन । भएको जति पैसा यिनै अस्पताल धाउँदा सकियो ।

काठमाण्डौ उपचार गर्न पुगेका विकासलाई क्यान्सरको शंका गर्दै चितवन पठाइयो । काठमाण्डौमा नसा जेलिएको भन्दै शल्यक्रिया गरिएको थियो । तर, निको भएन । चितवनबाट मासु परीक्षणका लागि भारत पठाइयो । अनि थाहा भयो– क्यान्सर ।

उपचार चलिरहेको छ । तर थैलो रित्तिएपछि अबको उपचार कसरी गर्ने भन्ने तनाव विकासको परिवारलाई थपिएको छ । थप उपचारका लागि भारत लैजाने सोच छ । तर त्यहाँसम्म पुर्‍याउने आर्थिक स्रोत छैन । आफन्त र छिमेकीबाट संकलन भएको ऋणले जेनतेन उपचार गरेका विकास अब थप उपचारका लागि सबैसँग सहयोगको याचना गर्छन् ।

अस्पतालको शैयामा रहेका उनले आफू बाँच्न चाहेको र थप उपचारका लागि थोरै–थोरै भए पनि सहयोग गर्न अपिल गरेका छन् । ‘सुरुमा पाखुरा दुख्यो । उपचार गरियो, निको भएन । अहिले क्यान्सर भन्ने पुष्टि भएपछि त्यसैको उपचारमा छु,’ उनले भने, ‘बाँकी उपचार गर्न सहयोग चाहिने भयो । घरको आर्थिक अवस्था पनि कमजोर छ ।’

पाणेनी बहुमुखी क्याम्पस सन्धिखर्कमा विविएस सेकेन्ड इयरमा पढ्दै गरेका विकासलाई फेरि क्याम्पस जाने रहर छ । किताबका पानामा डुब्ने, साथीभाइसँग पुरानै लयमा रमाउने इच्छा छ । उनले सबैकुरा सम्झिरहेका छन् । अब चाँडै अस्पतालको बेडबाट उठेर पुनः गाउँघर फर्किने इच्छा छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?