चाडबाडमा खानपान कसरी मिलाउने?

चाडबाडमा खानपान कसरी मिलाउने?
+
-
देशसञ्चार AI सारांश
  • दसैंमा माछामासुको अत्यधिक उपयोग हुन्छ, तर असावधानीले सेवन गर्दा स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्छ।
  • स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार ताजा र थोरै मात्रामा माछामासुको सही सेवनले पोषण पूरापर्छ।
  • अस्वस्थ माछामासुबाट कब्जियत, झाडापखाला, र खाद्य नलीको क्यान्सर जस्ता समस्याहरू निम्तिन सक्छन्।

काठमाडौँ– नेपालीहरूको महान चाडपर्व भित्रिसकेको छ। दशैंको रमझम सुरु भइसकेको छ भने दशैं लगत्तै तिहार तथा छटपर्वको रौनक सुरु हुन्छ।

यी चाडबाडमा राम्रो लगाउने, मिठो खाने र रमझम गरेर मनाउने गरिन्छ। दशैं त अझ विशेष उत्सवका रुपमा नेपालीहरूले मनाउने चाड हो। दशैंमा माछामासुको अत्यधिक प्रयोग हुन्छ।

यही उत्सवको रुपमा माछामासुको सही प्रयोग हुन सकेन भने चाडबाड खल्लो हुनसक्छ। अस्वस्थ र असावधानीरुपले माछामासु खाँदा जीवनपद्धतिमा समस्या देखापर्न सक्छ।

तर खानपिनमा मात्र केही सावधानीले चाडबाड उत्सवमय बन्नसक्छ।

माछामासु खराबै गर्ने तत्व होइनन्। चिकित्सा विज्ञानले पनि माछामासु प्रयोगलाई बन्देज गरेको अवस्था छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी स्वस्थ रुपमा माछा मासु प्रयोग हुँदा स्वास्थ्यलाई पोशक तत्व प्राप्त हुने बताउँछन्।

त्यसका लागि उनी थोरै मात्रामा र ताजा माछा मासु खान सुझाउँछन्। रोगी पशुपंक्षी, अवस्थ वधशालाको मासु वा धेरै मासु, बढी चिल्लो खाने गरेमा भने यसले स्वास्थ्यलाई असर गर्ने डा. बुढाथोकी बताउँछन्।

उनकाअनुसार एक सय ६० भन्दा बढी प्रकारका रोगहरु अस्वस्थ मासुको प्रयोगबाट शरीरमा निम्तने गर्छ।

सेकुवा भनेर, तारेर, भुटेर माछा मासु धेरै खाँदा पाचन प्रणालीमा समस्या निम्तिने उनले बताए। बुढाथोकीकाअनुसार अस्वस्थ मासुकै प्रयोगबाट कब्जियत, झाडापखाला, खाद्य नलीको क्यान्सरको समस्यासमेत निम्तन्छ।

उनले सुझाउँछन् मासु खाँदा प्रेसर कुकरमा ५—६ सिठी लगाएर झोलिलो खानु राम्रो हुन्छ। माछा मासु सेवन गर्दा जहिले पनि हरियो साग शब्जी पनि सँगसँगै खानुपर्छ। दालहरु, सलाद पनि खानुपर्छ। माछा, मासु मात्रैले पनि स्वास्थ्यमा नकारात्मक असर गर्दछ।

उनी मर्निङ वाक वा व्याममलाई निरन्तरता दिन सुझाउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?