थारु समुदायमा घोर्वा पूजा

थारु समुदायमा घोर्वा पूजा
+
-
देशसञ्चार AI सारांश
  • थारु समुदायमा दसैँको अवसरमा घोर्वा पूजाले देवी-देवता र पितृ श्रद्धाको अनौठो परम्परा प्रकट गर्दछ।
  • राजा दंगीशरणले युगौं अगाडि घोर्वा पूजाको परम्परासँग अप्सरा रानीको स्मरणले जोडिएको किवदन्ती रहन्छ।
  • यो परम्परा दहित थरका महिलाले माइतीबाट ल्याएको घोर्वा ससुरालीमा राखेर पितृ देवताको पूजा गर्ने गर्छन्।

कञ्चनपुर – थारु समुदायमा दसैँ पर्वको विशेष अवसरमा घोर्वा (माटोको घोडा) पूजाको अनौठो परम्परा मनाइन्छ। यो परम्परा केवल देवी–देवताको आराधना मात्र नभई पितृ श्रद्धासँग पनि जोडिएको छ।

किवदन्तीअनुसार द्वापर युगमा राजा दंगीशरणले घोर्वा पूजाको चलन सुरु गरेका थिए। कथाअनुसार राजा दंगीशरण आफ्नो फौजसहित शिकार खेल्न जंगल गएका बेला सुन्दर एक घोडी देखे। घोडीलाई पछ्याउँदै गर्दा दिनभरी लाग्यो र अन्ततः समातेर दरबारमा ल्याइयो। त्यो घोडी दिउँसो साधारण घोडी जस्तै देखिन्थ्यो तर राति अप्सरा रानीमा परिणत हुन्थ्यो।

दाङ्ग–सुर्खेतविच कालिकिच९कालिमाटी० क्षेत्रम युद्धभै रहेको समयमा अप्सरा रानीको दरबारमा मृत्यु भएपछि राजा दंगीशरणले स्मरणस्वरूप आफ्ना भारदार र प्रजालाई घोर्वा९माटोको घोडा० बनाई पूजा गर्न आदेश दिएको किवदन्ती छ। त्यही समयदेखि दसैँसँगै घोर्वा पूजाको परम्परा सुरु भएको थारु बुद्धिजिवी विरबहादुर राजवंशीले बताउँछन्।

“फुलपातीको दिन दहित थरका थारु समुदायले काँचो माटोको घोर्वा बनाएर पितृलाई आव्हान गर्छन”, उहाँले भन्नुभयो, “विभिन्न ठाउँ र चलन अनुसार माटोको घोडा वा भेडाको प्रतीक घरको मरुवामा राखिन्छ, जहाँ माइतीतर्फका पितृ देवताको पूजा गरिन्छ, त्यस्तै, ससुराली पितृ देवताको सम्झनामा डेहुरार वा ढुरखम्बामा पुज्ने प्रचलन छ।”

उनका अनुसार यसरी माइती र ससुराली दुवै पक्षका पुर्खालाई सम्झने संस्कार कायम छ। बाँकी रहेको माटो प्रयोग गरी भुँरुको घोर्वा बनाइन्छ र त्यसमा कुखुरा वा अन्य बलि दिने परम्परा रहेको छ।

यो परम्परा विशेष गरी दहित थरका महिलाले पालन गर्ने गर्छन्। महिलाले माइतीबाट ल्याएको घोर्वा ससुराली घरमा राखेर पूजा गर्छन। यसरी दसैँमा दुर्गा भवानीको आराधनासँगै घोर्वा पूजाले थारु समुदायमा पितृ श्रद्धा, धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतिविम्ब दिएको देखिन्छ।

आजको आधुनिक समयमा पनि कञ्चनपुर, दाङ, देउखुरीलगायतका क्षेत्रमा यो परम्परा निरन्तरता पाइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?