![[अपडेट] महोत्तरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु](https://assets.deshsanchar.com/wp-content/uploads/2025/10/03082332/dffc251b26d139662fcc2883de8ef904.jpeg)
जनकपुरधाम– महत्तरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने प्रविण खड्का र ८० वर्षीय चुल्हाइ चौधरी रहेको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको भनिएपछि एकिन विवरण खुलेको छ।
शुक्रबार बिहान महोत्तरीबाट काठमाडौँका लागि छुटेको ना ६ च १४६४ नम्बरको बस खैरमारामा अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ।