
दाङ- धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब ५:३० बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ भने २० जनाको उपचार चन्द्रौटा स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।