 
                            धनगढी– धनगढीमा बस दुर्घटना हुँदा घाइते भएका २१ जनामध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका ४ का ६० वर्षीय गणेश शाही रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहकाअनुसार शाही पैदयात्रु हुन्। दुर्घटनामा कैलालीको कैलारी गाउँपालिका–१ की २१ वर्षीया सरस्वती चौधरी गम्भीर घाइते भएकी छिन्।
धनगढीबाट पोखरा जाँदै गरेको ग २ ख १९०७ नम्बरको बस शनिबार बिहान धनगढी ३ बोराडाँडीमा पैदलयात्रुलाई जोगाउनेक्रममा दुर्घटनामा परेको थियो।
बसमा १९ जना सवार रहेका थिए।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































