कोशी प्रदेशमा पहिरो र बाढीका कारण ४३ जनाको मृत्यु, २६ हजारभन्दा बढी मानिस विस्थापित

कोशी प्रदेशमा पहिरो र बाढीका कारण ४३ जनाको मृत्यु, २६ हजारभन्दा बढी मानिस विस्थापित
+
-
देशसञ्चार AI सारांश
  • कोशी प्रदेशमा हालसम्मको प्राकृतिक विपद्मा परी ४३ जनाको मृत्यु, २६ हजार ९८४ जना विस्थापित भएका छन्।
  • इलाममा पहिरोले ३७ जनाको मृत्यु र २५ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्, एक जना अझै बेपत्ता छन्।
  • झापा, मोरङ, र उदयपुरमा गरी ५३२ जनाको उद्धार गरिएको, झापामा २५ हजार २३१ जना प्रभावित भएका छन्।

मोरङ – कोशी प्रदेशमा प्राकृतिक विपद्मा परी हालसम्म ४३ जनाको मृत्यु भएको छ। विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार गएको दुई दिनयता परेको भीषण वर्षासँगै पहाडी क्षेत्रमा पहिरो र तराईमा गएको बाढीमा परी १८ पुरुष, २५ महिला गरी ४३ जनाको मृत्यु भएको हो।

प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले प्राकृतिक विपद्मा परी सबैभन्दा बढी मावनीय क्षति इलाम जिल्लामा भएको बताए।

उनका अनुसार इलाममा पहिरोमा परी १४ महिला, १३ पुरुष, ७ बालिका र ३ जना बालकको मृत्यु भएको हो। पहिरोमा परी हालसम्म एक जना बेपत्ता रहेको इलाममा १ जना घाइते भएको, ४ जनाको उद्धार गरिएको र २५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको उनले जानकारी दिए।

प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलका अनुसार उदयपुर र पाँचथरमा भने समान २ जनाको मृत्यु भएको छ। उदयपुरमा एक महिला र एक बालिकाको मृत्यु भएको बताएका पोखरेलले पाँचथरमा एक महिला र एक पुरुषको मृत्यु भएको बताए।

यसै क्रममा मोरङ र खोटाङमा समेत समान एक जनाको मृत्यु भएको छ। यसक्रममा प्रदेशभर १० जना घाइते भएको जानकारी दिँदै पोखरेलले घटना भएको क्षेत्रबाट हालसम्म प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयको सहयोगमा ५ सय ३२ जना सर्वसाधारणको उद्धार गरिएको बताए।

त्यसैगरी, विभिन्न खोलामा आएको बाढीसँगै मोरङ, झापा र उदयपुरमा बढी प्रभाव परेको छ।
प्रहरी कार्यालयका अनुसार मोरङमा ३ सय ५०, झापामा १ सय ५० र उदयपुरमा २८ जना र इलाममा ४ जनालाई घटनास्थलबाट उद्धार गरिएको छ।

यसक्रममा पहिरो र डुबानका कारण प्रदेशमा २६ हजार ९ सय ८४ जना विस्थापित भएका छन्। जसमा डुबान र बाढीबाट प्रभावित झापामा २५ हजार २ सय ३१ जना प्रभावित भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?