राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्दो, शैयाको अभाव

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्दो, शैयाको अभाव
+
-
देशसञ्चार AI सारांश
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप अत्यधिक बढेपछि चालु वर्षमा २ लाख १८ हजार ७९ जनाले सेवा लिएका छन्।
  • विशेषज्ञ सेवा विस्तार र अत्याधुनिक उपकरण थपिँदा प्रतिष्ठानलाई पश्चिम नेपालको स्वास्थ्य हब बनाउने लक्ष्य राखिएको छ।
  • अघिल्लो वर्षदेखि सुरु गरिएको न्युरो–सर्जरी र आगामी क्याथ ल्याबमार्फत मुटु रोग उपचार प्रारम्भ गर्ने तयारी भइरहेको छ।

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको संख्या पछिल्ला वर्षमा ह्वात्तै बढेको छ। बिरामीको चाप अत्यधिक बढेपछि प्रतिष्ठानमा शैयाको अभाव देखिएको छ।

प्रतिष्ठानका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा बाहिरंग र अन्तरंग गरी २ लाख १८ हजार ७९ जना बिरामीले सेवा लिएका छन्। जसअन्तर्गत २ लाख ४ हजार १ सय जनाले बाहिरंग सेवा र १३ हजार ९७९ जनाले अन्तरंग सेवा उपयोग गरेका छन्।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बाहिरंग र अन्तरंग गरी १ लाख ७६ हजार ९७४ बिरामीले सेवा लिएका थिए। तीमध्ये १ लाख ६८ हजार ५२२ बाहिरंग र ८ हजार ४५२ अन्तरंग बिरामी थिए। त्यस्तै २०७९/८० मा कुल १ लाख ६० हजार ६५८ बिरामीले सेवा लिएका थिए।

प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालका अनुसार विशेषज्ञ सेवा विस्तार र अत्याधुनिक उपकरण थपिँदै गएपछि बिरामीको चाप बढ्दै गएको हो। उनले प्रतिष्ठानलाई पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको प्रमुख केन्द्र (हब) बनाउने गरी अघि बढिरहेको उल्लेख गर्दै यसका लागि सामूहिक पहल आवश्यक रहेको बताए।

उनका अनुसार प्रतिष्ठानले अघिल्लो वर्षदेखि न्युरो–सर्जरी सेवा सुरु गरिसकेको छ भने आगामी मंसिरभित्र क्याथ ल्याबमार्फत मुटु रोग उपचार सुरु हुने तयारी भइरहेको छ। युरोलोजी र युरो–सर्जरी सेवा पनि सञ्चालनमा छन्।

यसै आर्थिक वर्षभित्रै ४ सय शैयाको नयाँ अस्पताल निर्माण सुरु गर्ने योजना रहेको लम्सालले बताए। साथै, सामुदायिक स्वास्थ्य सेवाअन्तर्गत रोल्पाको होलेरी र त्रिवेणीमा सेवा विस्तार गरिएको र एमबीबीएस कार्यक्रम सहज रूपमा सञ्चालन भइरहेको जानकारी पनि उनले दिए।

हाल प्रतिष्ठानमा ३ सय २० शैया सञ्चालनमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?