बाँकेमा फर्किएनन् २९४ कैदीबन्दी, आजसम्म नफर्किए अर्को मुद्दा लाग्ने

बाँकेमा फर्किएनन् २९४ कैदीबन्दी, आजसम्म नफर्किए अर्को मुद्दा लाग्ने
+
-
देशसञ्चार AI सारांश
  • सरकारले भागेका बालबन्दीलाई फिर्ता आउन आजसम्मको म्याद दिए पनि १८ वर्षमाथिका कैदी फरार छन्।
  • बालसुधार गृहमा १८ वर्षमुनिका बालबालिकालाई राखे पनि ज्यादातर झडप १८ वर्षमाथिकाबाट हुने गर्दछ।
  • संसद विघटनले १८ वर्षमाथिका कैदीलाई कारागारमा पठाउने ऐनको तयारी अन्यौलमा परेको छ।

नेपालगन्ज – सरकारले जेनजी विद्रोहका क्रममा भागेका बालबन्दीलाई आजसम्म फर्किने म्याद दिएको छ। आजसम्म फर्किनेलाई अर्को मुद्दा नलाग्ने भनिएको छ।

बाँकेका दुई बालसुधार गृह र एउटा कारागारबाट २ सय ९४ जना कैदी र बालबन्दी फरार रहेका छन्। आजसम्ममा नफर्किने कैदी र बालबन्दीलाई समातेर अर्को मुद्दा पनि लगाउने तयारी गरिएको छ।

जिल्लामा नौबस्ता र डुडुवामा गरी दुई वटा बालसुधार गृह छन्। जेनजी विद्रोहका क्रममा भदौं २४ गते नौबस्ता बालसुधार गृहबाट ७९ जना भागेकोमा २९ जना सम्पर्कमा आएका छन्। ५० जना अझै फरार छन्। त्यो दिन नौबस्तामा बालबन्दी र त्यही परिसरमा रहेका कारागारबाट कैदी भाग्ने क्रममा प्रहरीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो।

त्यहाँको कारागारबाट एक सय ५० जना कैदी भागेकोमा ३२ जना सम्पर्कमा आएका छन्। अरु १ सय १८ जना फरार छन्। बाँके प्रहरीले नौबस्ता कारागारबाट भागेका नेपालगन्जका हरकेश खटिकलाई शनिबार र खजुरा सिमलघारीका मनोज चँदरालाई आइतबार समातेर कारागार पठाएको छ।

डुडुवाको जयेन्दु बालसुधार गृहबाट एक सय १५ जना भागेकोमा ३९ जना सम्पर्कमा आएका छन् भने ७६ जना अझै फरार रहेका छन्। कार्यालय प्रमुख किशोर शर्माले असोज २० गतेसम्म सम्पर्कमा आउनेलाई अर्को मुद्दा नचलाउने भनिएको र त्यो दिन आज भएकाले साँझसम्म केही फर्किन सक्ने आशा गरे।

संसद विघटन हुँदा ऐन अलपत्र

नेपालमा ९ वटा बालसुधार गृह छन्। त्यसमा चौध सय हाराहारीमा बालबन्दी रहेका छन्। भक्तपुरमा केटा र केटीलाई राख्ने भएकाले त्यहाँ धेरै बालबन्दी छन्।

विराटनगर र बाँकेका दुई वटा बालसुधार गृहमा धेरै संख्याका बालबन्दी छन्। बाँकेमा डुडुवाको जयेन्दु र नौबस्ता कारागार परिसरमा बालसुधार गृह रहेको छ। पर्सा, मकवानपुर, डोटी, रुपन्देही, कास्कीमा पनि बालसुधार गृह छन्।

बालसुधार गृहहरुमा प्रायः विवाद र झडप भइरहन्छन्। १८ वर्षमुनिका बालबालिकाले अपराधिक कर्म गरेपछि उनीहरुलाई बालसुधार गृहमा पठाउने गरिन्छ। नेपालका बालसुधार गृहमा १८ वर्षमाथिका धेरै बालबन्दी रहेका छन्। जुन बालसुधार गृहमा बबाल र झडप हुन्छ, त्यहाँ त्यो गर्ने १८ वर्षमाथिका बालबन्दी रहेको अध्ययनहरुले देखाएको छ।

बालसुधार गृह प्रशासनले १८ वर्षमाथिका बालबन्दीलाई कारागार पठाउने गरी ऐन ल्याउने तयारी गरेको थियो। संसदबाट केही दिनमै पारित हुने भनिएको उक्त ऐन जेनजी विद्रोहले संसद नै विघटन गरेपछि अन्यौलमा परेको छ। उक्त ऐन पारित भएको भए कारागार प्रशासकलाई बालसुधार गृहमा हुने झडपबाट मुक्ति मिल्ने आशा गरिएको थियो।

जयेन्दु बालसुधार गृहका कार्यालय प्रमुख किशोर शर्माले १८ वर्षमाथिका बालबन्दीलाई कारागारमा पठाउनेलगायतका व्यवस्था राखेर ऐन बनेको र त्यो संसदमा लैजाने तयारी भइरहेको बेलामा संसद विघटन भएको बताए।

उनले जति पनि बबाल र झडप हुन्छन्, त्यो सबै १८ वर्षमाथिकाले गर्ने भएकाले १८ वर्षमाथिकालाई कारागारमा पठाउने व्यवस्था हुने वित्तिकै बालसुधार गृह शान्त हुने बताए।

बालसुधार गृहका प्रमुखले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने र प्रमुख जिल्ला अधिकारीले अध्ययन गरेर १८ वर्षमाथिकालाई कारागार पठाउने गरी ऐन बन्दै थियो।

आवेग, रिस र झोकमा अपराध गर्न पुगेका बालबालिकालाई सुधार गर्न बालसुधार गृहमा राख्ने गरिन्छ। तर, त्यहाँ नै उनीहरुले उत्श्रृंखलता देखाउने गर्दछन्। यस्तो गर्नेमा सबै हुँदैनन्। उमेर बढी भएकाहरु मात्र हुन्छन्।

बाँकेको नौबस्तामा सबै १८ वर्षमाथिका बालबन्दी राखिएको छ। जयेन्दुमा रहदा पटक–पटक झडपमा उत्रिएकालाई त्यहाँ राखिएको छ। जयेन्दुमा पनि १८ वर्षमाथिका अझै छन्। जेनजी विद्रोहका बेला भागेका सबैजसो १८ वर्षमाथिकै छन्।

जयेन्दुका कार्यालय प्रमुख शर्माले बालसुधार गृहमा झगडा, झडप हुन नदिने हो भने सरकारले ऐन, कार्यविधि, निर्देशिका जे बनाएर भएपनि १८ वर्षमाथिकालाई कारागार पठाउनु पर्ने बताए। बालसुधार गृहमा जबरजस्ती करणी, कर्तब्य ज्यान र लागु औषध मुद्दाका धेरै बालबन्दी छन्। यहाँ बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लाका बढी बालबन्दी छन्। बाँके भारतीय सीमावर्ती जिल्ला भएकाले यहाँबाट भागेका बालबन्दी भारत जाने सम्भावना बढी रहन्छ। भारत पुगेकाहरु फर्किने चान्स कम हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?