अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित
+
-
देशसञ्चार AI सारांश
  • नेपालले दोस्रो अभ्यास खेलमा कतारलाई १६ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गर्यो।
  • नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाउँदा ओपनर कुशल भुर्तेलले ५६ रनको योगदान दिए।
  • कतारका मुहम्मद तनभिरले ५१ रन बनाउँदा नेपालका करण केसीले ३ विकेट लिए।

आइसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अघिको अभ्यास खेलमा नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ। लगातार दोस्रो वार्म अप खेलमा जित निकाल्ने क्रममा नेपालले कतारलाई १६ रनले हरायो।

सोमबार बेलुका सम्पन्न खेलमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनायो। कतारका लागि मुहम्मद तनभिरले ५१ तथा कप्तान मिर्जा बेगले ४० रन बनाए। नेपालका करण केसीले ३ तथा नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १-१ विकेट लिए।

उनी बाहेक नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाउँदा कप्तान रोहित पौडेलले २५ रन बनाए। उनीबाहेक कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्ल १० रनमा अविजित रहे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले ३३ बलमा ५६ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३८ तथा कुशल मल्लले अविजित ३८ रन बनाए। कतारका मुनिर साद र इक्रमुल्लाह खानले २-२ विकेट लिँदा आरिफ उल्लाह र मुजीब उर रेहमानले १-१ विकेट लिए। यसअघि नेपालले पहिलो वार्म अप खेलमा ओमानलाई पराजित गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?