हिन्दु–मुस्लिम विवादको कारक रहेको पोखरी अतिक्रमण मुक्त गराइयो

हिन्दु–मुस्लिम विवादको कारक रहेको पोखरी अतिक्रमण मुक्त गराइयो
+
-

काठमाडौँ– जनकपुरधाममा दुई समुदाय (हिन्दु-मुस्लिम)को विवादको कारकको रुपमा रहेको पोखरीलाई अतिक्रमण मुक्त गराउँदै संरक्षणको काम थालिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रुपैठामा रहेको विवादित तेलिया पोखरीलाई उपमहानगरपालिकाले सहमति अनुसार संरक्षणको काम सुरु गरेको हो ।

विभिन्न समयमा हिन्दु र मुस्लिम समुदायबीचमा पटक–पटक पोखरीको निहुँमा झडप हुँदै आएको थियो । सोमबार दुवै समुदायका अगुवा, जनप्रतिनिधिलगायतको उपस्थितिमा भएको सहमति अनुसार उपमहानगरपालिकाले पोखरी संरक्षणको कार्यलाई सुरु गरेको हो ।

मंगलबार बिहान दुवै समुदायका व्यक्तिहरुको रोहवरमा पोखरीमा रहेको संरचनाहरुलाई हटाएर संरक्षणको कार्यको सुरु गरिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले जानकारी दिए ।

पोखरीको चारैतिर बाटो छुटाएर घाट निर्माण गरी वृक्षारोपण गरिने छ । पोखरीलाई दुवै समुदायले आ–आफ्नो पर्व त्यौहारमा प्रयोग गर्ने र त्यसपछि समानहरु हटाउने सहमति भएको हो ।

माता दुर्गाको मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच झडप भएपछि उक्त क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सोमबार बसेको सर्वदलीय बैठकमा विगतमा भएको निर्णयहरुलाई नै कार्यान्वयन गर्ने सहमति भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?