सल्लाहमै चुनावी कार्यतालिका ल्याएको आयोगको दाबी, आयोगमाथि दलहरूको शंका

सल्लाहमै चुनावी कार्यतालिका ल्याएको आयोगको दाबी, आयोगमाथि दलहरूको शंका
+
-
देशसञ्चार AI सारांश
  • निर्वाचन आयोगले चुनावी कार्यक्रम सार्वजनिक गरेकोमा दलहरूले असहमति जनाएका छन्।
  • चुनावी वातावरण बन्न नसकेको भन्दै विभिन्न राजनीतिक दलहरूले आयोगलाई संवादको खाँचो औंल्याएका छन्।
  • मङ्सिरदेखि चुनावी प्रक्रिया शुरू गर्ने कार्यक्रम घोषणापछि दलहरूले आयोगको कदमप्रति गम्भीर आपत्ति जनाएका छन्।

काठमाडौँ – निर्वाचन आयोगले दलहरूको सल्लाहमै चुनावी कार्यक्रम सार्वजनिक गरेको दाबी गरेको छ।

जेनजी आन्दोलनपछि फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभाको चुनावका लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो।

तर निर्वाचन आयोगका एक उच्च अधिकारीले भने दलहरूको सल्लाहमै सोमबार (असोज २०) चुनावी कार्यक्रम सार्वजनिक गरेको देश सञ्चारसँग बताए।

ती अधिकारीले भने, ‘हामीले दलहरूसँग कुराकानी गरेरै चुनावी कार्यक्रम सार्वजनिक गरेका हौँ। उहाँहरू सामूहिक रुपमा बस्न मान्नु भएन। तर आयोगसँगको छुट्टा-छुट्टै कुराकानीका क्रममा उहाँहरूले अघि बढ्नुहोस् भनेपछि चुनावी तालिका ल्याएका हौँ।’

दलहरूलाई केही दिनभित्रै औपचारिक रुपमा बोलाएर सामूहिक रुपमा छलफल गर्ने तयारीसमेत अघि बढेको ती अधिकारीको भनाइ छ।

आफूहरूसँग छलफल नै नगरी आयोग र सरकार एक पक्षीय ढंगले अघि बढ्न खोजेको आरोप दलहरूले लगाएका छन्। दलहरूलाई विश्वास नलिइ एकपक्षीय रुपमा अघि बढ्ने आयोगको शैलीले फागुनमा चुनाव नहुने संकेत गरेको दलको प्रतिक्रिया छ।

चुनाव जस्तो राजनीतिक, कानुनी र प्राविधिक जटिलताले जेलिएको विषयमा दलहरूसँग एकसरो सल्लाह नै नगरी चुनावी कार्यतालिका सार्वजनिक गर्नु भनेको चुनावी वातावरण बन्न नदिने खेलका रुपमा बुझ्नुपर्ने दलका नेताहरू बताउँछन्।

आयोगको सोमबारको बैठकले फागुन २१ गते हुने चुनावका लागि मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरेको जनाएको छ।

जसमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आगामी माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने, समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको रहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

प्रकाशित उक्त कार्यक्रम एमालेसँग कुरा नै नगरी सार्वजनिक गरिएको प्रवक्ता राजेन्द्र गौतमले बताए। उनले दलहरूलाई निषेध गरेर सरकार र आयोग अघि बढ्न खोजेको जिकिर गरे।

‘चुनावका लागि सरकार वा आयोगले दलहरूसँग औपचारिक रुपमा कुराकानी गरेको छैन। साँच्चै चुनाव गर्ने हो भने दलहरूसँग संवाद छलफल गर्नुपर्‍यो’, गौतमले अगाडि भने, ‘चुनावी वातावरण नबनाई एकपक्षीय रुपमा आयोग अघि बढेर चुनाव हुँदैन। छलफलविना आएको कार्यतालिकालाई मान्न सकिँदैन।’

माओवादी केन्द्रले पनि चुनावका विषयमा आफ्नो दलसँग आयोगले कुराकानी नगरेको जनाएको छ। नेता देवेन्द्र पौडेलले दलहरूसँग सल्लाह नै नगरी अघि बढ्न खोजे चुनाव नै नहुने बताए। देश सञ्चारसँग उनले भने, ‘चुनावका लागि आयोगले दलहरुसँग कुराकानी गर्नुपर्‍यो। अनि पो वातावरण बन्छ। एकपक्षीय रुपमा तालिका सार्वजनिक गरेर चुनाव हुँदैन। हामीसँग पनि आयोगले सम्पर्क गरेको छैन।’

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले दलहरूसँग एकसरो कुरा नै नगरी चुनावी तालिका आउनु आश्चर्यको विषय भएको बताए। उनले भने, ‘मैंले चुनावी कार्यतालिका आएपछि आयोगमा सम्पर्क गरेँ। कुरा गर्न आउँछु भनेको भोलि मात्रै आउनु भने। यो त आश्चर्यको कुरा भयो।’

त्यस्तै कांग्रेसले पनि आफूहरूसँग आयोगले कुराकानी नगरेको जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?