
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी लिएर जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेको अनेरास्ववियुको टोली परिसरबाट बाहिरिएको छ।
उनीहरूको जाहेरी प्रहरीले लिए पनि दर्ता गर्नका लागि सरकारी वकिलसँग छलफल गर्ने प्रहरीले जानकारी दिएको छ।
जाहेरी लिएर पुगेको अनेरास्ववियुको टोलीबाट केहीलाई प्रहरीले छलफलका लागि परिसरभित्र बोलाएको थियो।
यसअघि जेनजी आन्दोलनका क्रममा मृत्यु भएका चार जनाका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिएका थिए। प्रहरीले उनीहरूको किटानी जाहेरी भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि बनेको आयोगसमक्ष पठाएको थियो।
तस्बिरहरू: