
गौशाला- महोत्तरीको गौशालामा आज धुमधामका साथ देवी दुर्गाको प्रतिमा विसर्जन गरिएको छ ।
कोजाग्रत पूर्णीमाको अवसरमा मंगलबार श्रद्धालुभक्तजनले हजारौँको संख्यामा जम्मा भएर धुमधामका साथ दुर्गाको प्रतिमा विसर्जन गरेका हुन् ।
गौशाला नगरपालिका ५ गौशाला बजार र गौशाला २ निगौल चौकमा रहेको देवी दुर्गाको प्रतिमा विसर्जनका लागि पोखरीमा जाने क्रममा श्रद्धालुहरूले जयजयकारसहित हर्षोल्लासकासाथ देवी दुर्गाको बिसर्जन गरेका हुन्।
यसका साथै सडकमा उनीहरू तरवार लिएर नाँचगान गरेका थिए। अन्य ठाउँमा विजया दशमीको दिन दुर्गा विसर्जन भए पनि गौशालामा भने प्रत्येक वर्ष झैं यस वर्ष पनि कोजाग्रत पूर्णिामाको दिन माता दुर्गाको प्रतिमा विसर्जन गरिएको छ।
गौशाला बजार र निगौल चोकमा मनाइने दुर्गा पूजामा यस वर्षभने वर्षाको कारण प्रभावित भएको थियो ।
यद्यपी मेलाको अन्तिम दिन सोमबार विभिन्न ठाउँबाट हजारौंको संख्यामा श्रद्धालुहरू पूजा तथा मेला हेर्न आएका थिए।
गौशाला बजारको मूर्तिलाई रजखोर स्थित मलहनीया पोखरीमा विसर्जन गरिएको छ भने निगौल चौकको मूर्ति निगौल ठाकुर पोखरीमा विसर्जन गरिएको हो ।
तस्बिरहरूः