बम प्रहारप्रति काँग्रेसद्वारा दुःख व्यक्त

बम प्रहारप्रति काँग्रेसद्वारा दुःख व्यक्त
+
-

काठमाडौँ- नेपाली काँग्रेसले पार्टीका नेता एवम् पूर्वमन्त्री गगनकुमार थापालाई बम प्रहार गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गरी चुनावी प्रचारप्रसारका क्रममा बुढानीलकण्ठ वडा नं २ चपलीको घरदैलो कार्यक्रममा हिँडिरहेको बेला अज्ञात समूहले काठमाडौँ ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार थापाप्रति बम प्रहार गरेको घटनाप्रति दुःख व्यक्त गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रलाई समाप्त पार्ने ढंगले काँग्रेस र लोकतन्त्रको पक्षमा उर्लंदो जनसागरबाट अत्तालिएर दिनानुदिन काँग्रेसका नेता तथा कार्यकर्तामाथि लक्षित गरेर यस्ता घटना घटाइएको हो ।’काँग्रेसले आफ्ना उम्मेद्वार र कार्यकर्तामाथि हत्या गर्ने मनशायले यस्ता घटना गराएको भन्दै भर्त्सना गरेको छ ।

यस्ता घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्न सरकारसँग मागसमेत गरिएको छ । घटनामा थापासहित धुव्र खड्का, जयराज लामिछाने, राजकाजी श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, रवीन्द्र कार्की, पुष्पबहादुर श्रेष्ठ, राधिका कार्की, काशीलाल श्रेष्ठ, रोशनराम थापा र रिमा बस्नेत घाइते भएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?