
जनकपुरधाम – नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिने निर्णय गरेको छ। एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका सरोजकुमार यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी रहेका मन्त्रीले आजै राजीनामा दिने जानकारी दिए।
यस्तै, एमालेका मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अब कांग्रेसको नेतृत्वमा सरकार बन्ने विषयमा सहमति भएको जानकारी दिए।
मण्डलले एमालेले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रश्स्त गर्नुपर्ने माग गरेका छन । उनले मुख्यमन्त्रीले राजिामा दिएर नयां सरकार बन्नेबाटो खोल्नुपर्ने बताए।
यसअघि मुख्यमन्त्री सतिशकुमार सिंहकै जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिइसकेको छ भने नेपाली कांग्रेसले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्री बोलाइसकेको छ।