गाईपालनबाट मनग्य आम्दानी

गाईपालनबाट मनग्य आम्दानी
+
-
देशसञ्चार AI सारांश
  • ईश्वर बस्यालले गाईपालन व्यवसाय बिस्तार गर्दै ४४ गाईभैँसीमा रु डेढ करोड लगानी पुर्याउन सफल भएका छन्।
  • दैनिक २५० देखि ३०० लिटर दूध बिक्री गर्दै सहकारीमार्फत अनुदानसहित राम्रो मूल्य प्राप्त गरिरहेका छन्।
  • आठ जनालाई रोजगारी दिएका बस्यालले व्यवसायलाई अझै विस्तार गर्दै संरचना र गाईभैँसी थप्ने योजना बनाएका छन्।

वालिङ (स्याङ्जा) –गल्याङ नगरपालिका–१ मालुङ्गाका ईश्वर बस्यालले व्यावसायिक रुपमा गाईपालन गरेकाे ६ वर्ष भयो।

६ वर्षअघि ‘विन्दवासिनी कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यवसाय थाल्नुभएका बस्यालले गाईपालनबाट मनग्य आम्दानी गर्न सफल भएका हुन्। सुरुमा रु ५० लाख लगानी गरी व्यवसाय थाल्नुभएका बस्यालले फार्मलाई विस्तार गर्दै लगेका छन्। उनले सुरुमा रु ५० लाखको लगानीमा केही संरचनासहित गाई र भैँसी गरी २० वटाबाट थाल्नुभएको व्यवसायलाई बर्सेनि विस्तार गर्दै लगेका हुन्।

“भैँसी र होलिस्टिन गरी २० वटा गाईभैँसीपालनबाट थालेको व्यवसाय बर्सेनि विस्तार गर्दै लगेको छु”, उनले भने, “हालसम्म आइपुग्दा फार्ममा ४४ गाईभैँसी छन् भने झण्डै रु डेढ करोड लगानी भएको छ।”

फार्मबाट भएको आम्दानीलाई बर्सेनि लगानी गर्दै गइरहेकाले अझै केही वर्ष लगानीलाई निरन्तरता दिने उनले बताए। अहिले गाईभैँसीमध्ये २७ वटा दुहुना छन् भने बाँकी ब्याउने छन्। आफ्नै जग्गामा फार्म सञ्चालन गरेका बस्यालले झण्डै १०० रोपनी जमिन भाडामा लिएर गाईभैँसीका लागि आवश्यक पर्ने नेपियर, जै, वर्सिमलगायतका घाँस लगाएका छन्।

“फार्मबाट अहिले दैनिक २५० देखि ३०० लिटर दूध बिक्री हुने गरेको छ”, उनले भने, “फामबाट प्रतिलिटर रु ६५ देखि ७० का दरले दूध बिक्री भइरहेको छ।” बस्यालको फार्ममा उत्पादित दूध गल्याङस्थित साना किसान कृषि सहकारी संस्थामा बिक्री गर्दै आएका छन्। फामबाट बिक्री भएको दूधमा प्रतिलिटर गल्याङ नगरपालिकाले रु १५ थप अनुदान उपलब्ध गराउने भएकाले पनि सहजरुपमा मूल्य प्राप्त भएको उनले बताए।

“यहाँ जति मात्रामा दूध उत्पादन गरे पनि बजारको कुनै समस्या छैन”, उनले भने, “उत्पादित दूध सहकारीमार्फत बिक्री हुने गरेको छ, त्यसबाट रु १५ का दरले प्रतिलिटर अनुदानले थप प्रोत्साहन पुगेको छ।” फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन्। फार्मलाई थप व्यवस्थित गर्दै गाईभैँसी थप गर्ने र संरचना विस्तार गर्दै लैजाने योजनामा उनी छन्।

“केही समय वैदेशिक रोजगारीपछि स्वदेश फर्केपछि बजार राम्रो देखेर पशुपालन व्यवसाय थालेको हुँ”, उनले भने, “काम गर्दै जाँदा सिकाइ हुँदै गएको छ, अनुभव सँगाल्दै गएको छु, व्यवसाय राम्रै छ।” फार्मसम्म विद्युत्को तार आए पनि आवश्यक मात्रामा पावर नआएकाले हातैबाट दुहुनुपरेको उनले बताए। मेसिन ल्याएर राखिएको तर पावरको कमीका कारण मेसिन सञ्चालनमा समस्या रहेको उनले बताए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’