जापानमा भालुको आक्रमणबाट एक जनाको मृत्यु, दुई घाइते

जापानमा भालुको आक्रमणबाट एक जनाको मृत्यु, दुई घाइते
+
-
देशसञ्चार AI सारांश
  • जापानको सुपरमार्केट र अन्य क्षेत्रमा भालुको आक्रमणबाट दुई जना घाइते भएका र एक जनाको मृत्यु भएको छ ।
  • घट्दो मानव जनसङ्ख्या र जलवायु परिवर्तनका कारण जापानका आवासीय क्षेत्रमा जङ्गली भालुहरू बढेका छन् ।
  • अप्रिल देखि सेप्टेम्बरसम्म जापानमा भालु आक्रमणमा १०८ जना घाइते र पाँच जनाको मृत्यु भएको छ ।

जापानको सुपरमार्केटको गल्लीमा घुमिरहेको एक उत्तेजित भालुको आक्रमणका कारण दुई जना मानिस घाइते भएको तथा छुट्टै आक्रमणमा अर्का एक व्यक्ति मृत फेला परेको अधिकारीहरूका साथै मिडिया रिपोर्टहरूले बुधबार जनाएका छन् ।

पछिल्लो समयमा जापानका आवासीय क्षेत्रहरूमा पनि, घट्दो मानव जनसङ्ख्या र जलवायु परिवर्तन जस्ता कारकहरूका कारण अत्यधिक जङ्गली भालुहरू देखिएका छन् ।

सार्वजनिक प्रसारणकर्ता एन. एच. के.–ले प्रहरीलार्ई उद्धृत गर्दै अर्को छुट्टै भालु आक्रमण परी उत्तरी इवाटे क्षेत्रको पाहाडमा बुधबार एकजना मानिस मृत फेला परेको जनाएको छ ।

सुपरमार्केट पाहाडी क्षेत्रको नजिक भए पनि यस अघि कहिल्यै भालुहरू यसरी मानिस नजिक नआएको किराना पसल सङ्घका व्यवस्थापन योजना अधिकारी हिरोशी होरिकावालाई उदृत गर्दै एएफपीले जनाएको छ ।

भालु पसलको मुख्य प्रवेशद्वारबाट भित्र प्रवेश गरी लगभग चार मिनेट भित्रै आक्रमण गरेको उनले जनाएका छन् ।

पसलका सञ्चालकले स्थानीय मिडियालाई बताए अनुसार त्यस समयमा करिब ३० देखि ४० जना ग्राहक भित्र भएका कारण बाहिर निस्कन गाह्रो भएकाले भालु धेरै आक्रोशित भएको थियो ।

वातावरण मन्त्रालयका अनुसार जापानमा अप्रिल र सेप्टेम्बरको बिचमा राष्ट्रव्यापी रुपमा १०८ जना मानिसहरू भालुको आक्रमणका कारण घाइते भएका थिए भने पाँच जनाको मृत्यु भएको थियो ।

मङ्गलबार पनि, इवाटे क्षेत्रका एक किसानलाई उनकै घर बाहिर एउटा बच्चासहित भालुले आक्रमण गरेको जनाइएको छ । मध्यजापानको सुन्दर शिराकावा–गो गाउँको बस स्टपमा आइतबार एक स्पेनी पर्यटकलाई भालुले आक्रमण गरेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?