
जनकपुरधाम – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले, कांग्रेस र जनमत पार्टीले ५८ जना सांसदको समर्थनसहित प्रदेश प्रमुखको कार्यालयमा दावी पेस गरेका छन्।
बुधबार मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि एमालेले दिएको समर्थन फिर्ता लिँदै नयाँ सरकार गठनका लागि दावी पेस गरेका हुन्।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको अनुपस्थितिमा कार्यालयका निमित्त सचिव सत्रुधन यादवलाई बुझाएका छन्।
यादवले अहिले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहमति भएपनि मन्त्रालयको विषयमा टुंगो नलागेको बताए। १०७ सदस्यी मधेस प्रदेशसभा रहेकोमा हाल दुई जना सांसद निलम्बित छन्।
तीन दलले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनका लागि दावी पेश गरेको हो । एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि दावी पेश गरिएको हो ।