सुडानको मस्जिदमा भएको आक्रमणमा १३ जनाको मृत्यु

सुडानको मस्जिदमा भएको आक्रमणमा १३ जनाको मृत्यु
+
-
देशसञ्चार AI सारांश
  • सुडानको एल–फासेरमा अर्धसैनिक द्रुत समर्थन बलको आक्रमणबाट १३ जनाको मृत्यु भयो र आरएसएफले अबु शोक शिविर कब्जा गर्यो।
  • यो आक्रमण सुरु भएयता एल–फासेरमाथि आरएसएफको सबैभन्दा ठुलो आक्रमण मानिएको छ, जसले शरणार्थी शिविर वरपर कब्जा जमाएको छ।
  • युद्धले लाखौंलाई विस्थापित गर्दै चरम भोकमरी निम्त्याएको छ, जसलाई संयुक्त राष्ट्रसङ्घले विश्वकै ठूलो सङ्कट भनेको छ।

सुडानको मस्जिदमा अर्धसैनिक द्रुत समर्थन बलले गरेको आक्रमणमा १३ जनाको मृत्यु भएको विस्थापित परिवारहरू रहेको शहर एल–फासेरमा शरण लिइरहेका दुई प्रत्यक्षदर्शीलाई उदृत गर्दै एएफपीले जनाएको छ।

नाम न छाप्ने सर्तमा उनीहरुले मस्जिदमा आक्रमण उत्तरबाट भएको र आरएसएफले अबु शोक विस्थापन शिविरलाई कब्जा गरेको तथा सुडानी सेनाले सहरलाई नियन्त्रणमा लिने प्रयास गरी रहेको बताएका छन्।

गोलाबारी रोकिए पछि भग्नावशेष मुनिबाट १३ जनाको शव निकालेको उनीहरुले बताएका छन्। आक्रमणबाट बचेका एक जना व्यक्तिले बताए अनुसार आक्रमणकारी घरमा प्रवेश गर्दा मस्जिद भित्र ७० परिवार भएको जनाउदै एक्कासी गोलीको बर्षा हुँदा १३ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको र मस्जिदको केही भागमा क्षति भएको बताएका छन्।

सन् २०२३ अप्रिल मा सेनासँग युद्ध सुरु भएदेखि एल–फासेरमाथि आरएसएफले गरेको यो सबैभन्दा ठुलो आक्रमण भएको जनाइएको छ।

गत वर्षको मे महिना देखि आरएसएफद्वारा घेराबन्दी गरिएको उत्तरी डार्फर राज्यको राजधानी अझै पनि सेनाको नियन्त्रणमा रहेको अन्तिम प्रमुख सहर हो, यद्यपि सेना र यसका सहयोगीहरूद्वारा नियन्त्रित क्षेत्र क्रमशः सङ्कुचित भएको छ।

लामो समय देखि आरएसएफले लगभग दैनिक तोप र ड्रोन आक्रमण गरी सहर वरपरका विस्थापीत शिविरहरूमाथि कब्जा गर्दा, सयौंको ज्यान गएको छ भने बाँचेका मानिसहरूलाई जबरजस्ती निर्वासन गरिरहेको छ।

लाखौं विस्थापितहरु मध्ये मङ्गलबार–बुधवारको बिचमा, शहरको एक एल–फासेर अस्पतालमा २० जनाको मृत्यु भएको जनाइएको छ ।

गत महिना मस्जिदमा भएको एउटै ड्रोन आक्रमणमा कम्तीमा ७५ जनाको मृत्यु भएको थियो। सुडानमा युद्धले लाखौंलाई विस्थापित गरेको छ भने लगभग २ करोड ५० लाखलाई चरम भोकमरीमा धकेलेको छ, जसलाई संयुक्त राष्ट्रसङ्घले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कट क्षेत्र भनेको छ।

भोकमरीले दशौँ हजार मानिसको ज्यान लिएको छ, यद्यपि त्यहाँ कुनै आधिकारिक सङ्ख्या भने छैन, अधिकांश घाइतेहरू अस्पतालमा पुग्न असमर्थ छन् र बचेका व्यक्तिहरू पनि आफ्ना परिवारका मृतकको दाहसस्कार गर्न बाध्य छन्।

एल–फासेरमा आरएसएफको घेराबन्दीले सहरमा ठूलो भोकमरी निम्त्याएको छ, जहाँ मानिसहरू महिनौंसम्म भोकमरी सहन बाध्य छन्।

यदि सहर अर्धसैनिक बलको हातमा गयो भने, आरएसएफ सम्पूर्ण डार्फर क्षेत्रको नियन्त्रणमा हुनेछ, जहाँ उनीहरूले प्रतिद्वन्द्वी प्रशासन स्थापना गर्न खोजेका छन्। सेनाले देशको उत्तर, मध्य र पूर्व भाग कब्जा गरिसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?