
अ
+
अ
अ
-
रसुवा– यही असोज १८ गतेको वर्षासँगै आएको पहिराेका कारण अवरूद्व उत्तरी रसुवाको रोङ्गा–बृद्विम ग्रामीण सडक आजबाट सञ्चालनमा आएको छ।
सडक खुला भएसँगै खच्चरद्वारा लाङ्टाङमा खाद्यान्न ढुवानी गराउन, पर्यटकलाई ओहरदोहर गर्न बिरामीको उपचारार्थ एम्बुलेन्स बोलाउन सहज भएको छ।
बिहीबार सडक सञ्चालनमा आएसँगै काठमाडौँबाट आएको जीप बृद्विम पुगेको गोसाइँकुण्ड–३ का वडा सचिव टासी साण्डु तामाङले जानकारी दिए।
गोसाइँकुण्ड गाउँपालिका र निजी क्षेत्रको दुई वटा डोजर सहायताले ग्रामीण सडक मर्मत सम्पन्न पश्चात यातायात पुनःसञ्चालनमा आएको सचिव तामाङले बताए।