
काठमाडौँ – नेपाली सेनाले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेतृत्वलाई जोडेर भएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार अपील जारी गर्दै नेपाली सेनासम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरिदिन आग्रह गरेको हो।
जेन–जी आन्दोलनपछि आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकताअनुसार पहल लिएको सेनाको भनाइ छ।