बिपी राजमार्ग एकतर्फी सञ्चालन

बिपी राजमार्ग एकतर्फी सञ्चालन
+
-
देशसञ्चार AI सारांश
  • बागमती, मधेस र कोशी प्रदेशलाई जोड्ने बिपी राजमार्ग बाढीपहिरोका कारण बन्द भएपछि मर्मत गरेर एकतर्फी सञ्चालनमा आएको छ।
  • काभे्र र सिन्धुलीका १३ ठाउँमा सडक अस्थायी मर्मत गरी आइतबारदेखि दुईतर्फी सञ्चालन हुने जानकारी दिइएको छ।
  • ऊर्जा मन्त्री कुलमान घिसिङले चौकीडाँडाको सडक मर्मत अनुगमन गर्दै राती पनि काम गर्न निर्देशन दिए।

काठमाडौँ – बागमती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने बिपी राजमार्ग आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। यही असोज १७, १८ र १९ गतेको लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको राजमार्ग मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको हो।

राजमार्गको काभे्र र सिन्धुलीका विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब चार किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले बताए। उनका अनुसार उक्त राजमार्ग दुईतर्फी रूपमा आइतबारदेखि सञ्चालनमा आउनेछ।

सडक खुलाउन रोशीखोलामा डाइसर्भन निर्माण, बगर मिलाउने, खाल्डा पुर्नेलगायत काम गरिएको छ। क्षतिग्रस्त सडकको मर्मत सोमबारदेखि सुरु गरिएको थियो। बाढीपहिरोका कारण काभ्रेको चौकीडाँडामा सबैभन्दा बढी क्षति पुगेको थियो।

साथै काभे्रको कटुञ्जे, चारसयबेँसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो)मा सडक क्षति पुगेको थियो। त्यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल)मा क्षति पुगेको न्यौपानेले जानकारी दिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको अवस्थाबारे जानकारी लिएका थिए। उनले उपकरण तथा जनशक्ति थप गर्न र बत्तीको व्यवस्था गरी राति पनि काम गर्न निर्देशन दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?