प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीको आशा पलाएको छः मुख्यमन्त्री आचार्य

प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीको आशा पलाएको छः मुख्यमन्त्री आचार्य
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यार्थी आकर्षण बढ्दो देख्दा नयाँ आशाको संकेत गरेको भन्दै थप परिश्रमको आवश्यकता औंल्याए।
  • विश्वविद्यालयले तीन प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सक्ने उल्लेख गर्दै सामाजिक विकास मन्त्रीले दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए।
  • सातौं सभामा विश्वविद्यालयको आर्थिक, शैक्षिक र प्रशासनिक विषयमा प्रस्तावहरूलाई छलफल गरिएको र बजेट स्वीकृति लगायतका मुद्दाहरू उठाइएको थियो।

नेपालगन्ज – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताएका छन्।

विश्वविद्यालयको सातौं सभालाई आइतबार सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई उत्कृष्ट र नमुना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेकोमा जोड दिए।

मुख्यमन्त्री आचार्यले पछिल्ला ६९७ महिनामा गरिएको मेहनतले आशाको किरण जगाएको उल्लेख गर्दै विश्वविद्यालयले अझ विश्वास जित्नका लागि थप परिश्रम गर्नुपर्ने बताए।ञप्रचारप्रसारमा अझ सक्रिय हुनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘विश्वविद्यालयलाई जनस्तर सम्म पुर्याञउन सबैले मिलेर काम गर्नुपर्छ।’

उनले लुम्बिनी प्राविधिक विश्वविद्यालय भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको संगम स्थल भएकाले यसले तीनवटै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सक्ने क्षमता रहेको बताए।’यो विश्वविद्यालयलाई धेरै हिसाबले मन्थन गरेर उत्कृष्ट बनाउन सकिन्छझउनले भने, ‘सरकारको तर्फबाट आवश्यक सहयोग र साथ रहनेछ।’

सभामा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पनि विश्वविद्यालयले विद्यार्थीमा विश्वास जगाउदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए।

सातौं सभामा विश्वविद्यालयका विभिन्न आर्थिक, शैक्षिक र प्रशासनिक विषयमा प्रस्तावहरूमा छलफल गरिएको थियो। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन र २०८२/८३ को बजेट स्वीकृति, अध्ययन संस्थान तथा केन्द्रहरूलाई आर्थिक व्यवस्थापन अधिकार प्रदान गर्ने, शिक्षक/कर्मचारी सेवा विनियममा संशोधन, करार कर्मचारी व्यवस्थापन कार्यविधि सुधार, र कृषि, वन तथा पर्यटनका शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी प्रस्तावहरू समावेश थिए।
प्रदेश सरकारले ठूलो सहयोग गरिरहेपनि त्यस अनुरुप विद्यार्थी नहुँदा लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई सेतो हात्ती (खर्च बढी, उपलब्धी कम) को रुपमा व्यंग्य गर्ने गरिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?