फरार ११ कैदी पाँचथरबाट पक्राउ

फरार ११ कैदी पाँचथरबाट पक्राउ
+
-
देशसञ्चार AI सारांश
  • जेनजी आन्दोलनका क्रममा भागेका ११ कैदी पाँचथरमा प्रहरीले पक्राउ गरेको छ, जसमा झुम्का र नख्खु कारागारका कैदीहरू छन्।
  • पक्राउ परेकाहरूले जबरजस्ती करणी, कर्तव्य ज्यान, र लागू औषध मुद्दामा सजाय भोगिरहेका थिए।
  • फरार कैदी बन्दीहरू लुकिछिपी बस्ने आशंकामा प्रहरीले खोजी र पक्राउ अभियान जारी राखेको छ।

पाँचथर – जेनजी आन्दोलनका क्रममा फरार भएका ११ कैदीलाई प्रहरीले पाँचथरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णका अनुसार जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागार तोडेर फरार भएका सुनसरीको झुम्का कारागारका १० तथा ललितपुरको नख्खु कारागारका एक कैदीलाई पक्राउ गरिएको हो। उनीहरु भागेर गाउँ आएको समयमा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कुम्मायक गाउँपालिका–१ का घनेन्द्र तामाङ, फिदिम नगरपालिका–१ का विनय नेम्बाङ, फिदिम–५ का मङ्गलसिं तुम्बापो, फिदिम–११ का गजेन्द्र परियार दर्जी र फिदिम–१२ का मिलन थाम्सुहाङ, तुम्बेवा गाउँपालिका–५ का गोपाल बोहोरा, हिलिहाङ गाउँपालिका–७ का चक्र तामाङ, हिलिहाङ–४ का किरण पोखरेल, मिक्लाजुङ गाउँपालिका–५ का सन्तवीर लावती, फाल्गुनन्द गाउँपालिका–३ का देशबहादुर तामाङ र याङवरक गाउँपालिका–३ का उदेश नुगो छन्। उनीहरु गत भदौ ३० गतेदेखि यही असोज २४ गतेसम्ममा जिल्लाका विभिन्न स्थानबाट प्रकाउ परेका हुन्।

पक्राउ परेकाहरु जबरजस्ती करणी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र लागू औषध मुद्दामा सजाय भोगिरहेका कैदी हुन्। पक्राउ परेका कैदीलाई सम्बन्धित कारागार पठाइएको प्रहरी नायव उपरीक्षक कर्णले बताउनुभयो। देशका विभिन्न कारागारबाट फरार कैदीबन्दी यहाँ आएर लुकिछिपी बस्ने सम्भावनाका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?