
पोखरा – कास्कीका फाँट र टारी खेतहरुमा यतिबेला लहलह धान झुल्न थालेको छ। सिँचाइको व्यवस्था भएका फाँटहरुमा छिटफुट रुपमा धान पाकेपछि किसान काट्ने तयारीमा छन्।
टारी खेतहरुमा भने धानका बाला लहलह झुल्न थालेका हुन्। मौसम नबिग्रेको अवस्थामा तिहारपछि ग्रामिण क्षेत्रमा धान पाकेर पहेंलपुर हुनेछ।
लहलह धानको बाला झुलेर पहेंला हुन थाल्दा फाँट निकै आकर्षक देखिन थालेका छन्।
फेवा, लेखनाथ र हेमजा कास्कीका ठूलो फाँट हुन्। तर, यी फाँटरुमा धानभन्दा बढी घर ठडिएका छन्।
कास्कीमा जेठोबूढो, खुमल, राधा–७, राधा–९, सावित्री, मनसुली, पहेंले जस्ता धान धेरै किसानले रोप्छन्। घैयाँ, कालो झिनुवा, माला, विमरफुल, कालो अनदीलगायतका रैथाने प्रजातिहरु भने लोप भएका छन्।