चर्च ब्वाइजलाई हराउँदै सहलेश युथ क्लब बेलबारीमा जारी रनिङ गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइजलाई हराउँदै सहलेश युथ क्लब बेलबारीमा जारी रनिङ गोल्डकपको सेमिफाइनलमा
+
-
देशसञ्चार AI सारांश
  • चर्च ब्वाइज युनाइटेड एनबी रुङमाहाङ रनिङ गोल्डकपको क्वाटरफाइनलमा सहलेश युथ क्लबसँग ३-१ गोलले पराजित भएर बाहिरियो।
  • खेलको पहिलो हाफमा चर्च ब्वाइजले अग्रता लिए पनि सहलेशले दोस्रो हाफमा खेललाई उल्टायो।
  • सहलेशले सेमीफाइनलमा बिहीवार जिल्ला फुटबल संघ भोजपुरसँग खेल्ने मौका पायो।

मोरङ – ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड मोरङको बेलबारीमा जारी मेजर स्वर्गीय एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ।

बेलबारीको लक्ष्मीमार्गस्थित खेल मैदानमा बुधबार सम्पन्न गोल्डकपको अन्तिम क्वाटरफाइनलमा साविक उपविजेता सहलेश युथ क्लबसंग ३–१ गोल अन्तरले पराजित हुदै चर्च ब्वाइज बाहिरिएको हो। जित हात पारेको सिराहको सहलेश भने सेमीफाइनलमा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजले अग्रता लिएको थियो। खेलको २५ औं मिनेटमा चर्च ब्वाइज युनाइटेडका लागि आकाश राईले गोल गर्दै टोलीलाई एक शुन्यको अग्रता दिलाएका थिए।

एक शुन्यले पछि परेको सहलेशले खेलको ३७ औं मिनेटमा आदित्य शाक्यको गोलबाट बराबरी गरेको थियो। पहिलो हाफमा समान १ गोलको बराबरीमा रोकिएका दुवै टोली दोस्रो हाफमा थप आक्रमक भएका थिए। यसक्रममा सहलेशका खेलाडी मैदानमा हावी हुदै अग्रता बनाउन सफल भए। खेलको ४९ औं मिनेटमा सहलेशका जय गुरुङले गोल गर्दै टोलीलाई दुई एकको अवस्थामा पुराए। गोल अन्तरमा पछि परेको चर्च ब्वाइज त्यसपछि खेलमा फर्कन सकेन।

अर्कोतर्फ, खेलको ५८ औं मिनेटमा सहलेशका लागि आदित्य शाक्यले ब्यक्तिगत दोस्रो गोल गरे। यससंगै सहलेशले चर्च ब्वाइजमाथि ३–१ को रोमान्चक जित हात पर्यो। जितसंगै सेमीफाइनलमा प्रवेश गरेको सहलेशले आउने शुक्रबार जिल्ला फुटबल संघ भोजपुरसंग दोस्रो सेमीफाइनलमा स्पर्धा गर्नेछ। गोल्डकप अन्तर्गत बिहीबार हुने पहिलो सेमीफाइनलमा भने बी डिभिजन विजेता काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडले आयोजक एलएक्स सिटी क्लब बेलबारीको सामना गर्नेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष