विराटनगरमा भारतबाट अवैध रुपमा ल्याइएका सयपत्रीका माला र लत्ताकपडा बरामद

विराटनगरमा भारतबाट अवैध रुपमा ल्याइएका सयपत्रीका माला र लत्ताकपडा बरामद
+
-

विराटनगर- विराटनगरमा प्रहरीले भारतबाट अवैध रूपमा भित्राइएको सयपत्री फुलको माला र लत्ताकपडा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार बरगाछी चौकमा चेकजाँचका क्रममा को २ च १६३४ नम्बरको पिकअप गाडीबाट करिब १ लाख २० हजार रुपैयाँ बराबरको सयपत्री फुलको माला बरामद गरिएको हो। प्रहरी नायब उपरिक्षक कोपिला चुडालका अनुसार गाडीमा करिब ७ हजार रुपैयाँ बराबरको बाइन्डिंग तार समेत भेटिएको छ।

प्रहरीका अनुसार तिहारमा सयपत्री माला अत्याधिक माग हुने भएकाले व्यापारीहरूले भारतबाट लुकाइछिपाई माला ल्याउने गरेका छन्। घटनामा संलग्न पिकअप चालक ३६ वर्षीय सतनारायण यादवलाई नियन्त्रणमा लिइएको छ। उनी सुनसरी, बर्जु गाउँपालिका–२ का बासिन्दा हुन्।

त्यसैगरी, प्रहरीले आइतबार पनि भारतबाट अवैध रूपमा भित्रिएको करिब १ लाख ६८ हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ। बरामद कपडा विभिन्न स्थानमा लुकाएर राखिएको अवस्थामा छापामार गरी फेला परेको थियो।

बरामद सामान आवश्यक कारबाहीका लागि विराटनगरस्थित भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?