मधेस प्रदेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै
+
-

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिन लागेका छन् ।
आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम व्यक्तव्यसहित प्रस्ताव पेश गर्ने कार्यसूची रहेको मधेस प्रदेशसभा सचिवालयले जनाएको छ।

मधेस प्रदेशसभामा उनी सरकार पक्षबाट अहिले एक्लै हुन् । उनलाई समर्थन गर्ने उनको दल जनमत पार्टीसहित नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सांसद छन्।

मधेस प्रदेशमा नेकपा एमालेका २५ (एक निलम्बित), नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी, नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका ९ (एक निलम्बित), नेकपा एकीकृत समाजवादी पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीको १/१ जना प्रदेशसभा सदस्य छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?