एनबी रुमाहाङ गोल्डकपमा पहिलोपटक धनकुटाको रारा एफसी र प्लानिङ ब्वाइज युनाइटेड भिड्ने

एनबी रुमाहाङ गोल्डकपमा पहिलोपटक धनकुटाको रारा एफसी र प्लानिङ ब्वाइज युनाइटेड भिड्ने
+
-
देशसञ्चार AI सारांश
  • मोरङको बेलबारीमा जारी गोल्डकप फुटबलमा धनकुटा रारा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन् ।
  • प्लानिङ ब्वाइज क्लबले ए डिभिजनमा स्तरोन्नति भएपछि आजको खेलका लागि पूर्ण तयारी गरेको जनाएको छ ।
  • भोजपुर जिल्ला फुटबल संघले झापा ११ लाई टाइब्रेकरमा पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरिसकेको छ ।

बिराटनगर- मोरङको बेलबारी नगरपालिकामा जारी मेजर स्वर्गीय एनबी रुमाहाङ रनिङ गोल्डकप फुटबलको तेस्रो क्वाटरफाइनलमा धनकुटाको रारा फुटबल क्लबले बी डिभिजन लिग विजेता प्लानिङ ब्वाइज युनाइटेडको सामना गर्दैछ ।

लक्ष्मीमार्गस्थित खेल मैदानमा आजको हुने खेलमा पहिलोपटक दुवै टोली आमनेसामने हुदैछन् । ए डिभिजन क्लबमा समेत स्तरोन्नित भएको प्लानिङ ब्वाइजका अध्यक्ष दावा लामाले आजको खेलका टोली पूर्णरुपमा तयार रहेको बताए ।

बेलबारीमा पहिलोपटक सहभागिता जनाइरहेको टोलीको नेतृत्व गौरव श्रेष्ठले गर्ने जनाएका अध्यक्ष लामाले २० वर्षमुनीको राष्ट्रिय टोलीका पाँचजनासहित क्लब सन्तुलित रहेको उल्लेख गरे ।

धनकुटा र सुनसरीमा आयोजित विभिन्न ४ वटा गोल्डकपको उपाधि चुमेको क्लबले मोरङमा समेत बलियो उपस्थिती जनाउने उनको भनाइ छ । त्यसैगरी, क्लबका प्रशिक्षक सचिन्द्र धिमालले बेलबारी मैदान आफ्‌नो पहिचानको मैदान भएको बताए ।

अर्कोतर्फ, रारा फुटबल क्लबले प्लानिङसँगको खेललाई सहज रुपमा नलिने जनाएको छ । यसअघि, सोमबार भएको दोस्रो क्वाटरफाइनलमा जित हात पार्दै भोजपुर जिल्ला फुटबल संघ गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

साविक विजेता झापा ११ लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै भोजपुरले अन्तिम चारको टिकट काटेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोली समान एक गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो।

झापाका लागि खेलको ३९ औं मिनेटमा एरोन थापाले फ्रिकिक मार्फत गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक शुन्यले पछि परेको भोजपुरको टोली दोस्रो हाफमा खेलमा फर्किएको थियो ।

खेलको अन्तिम १० मिनेट सम्हालिन नसक्दा झापाले हार ब्यहोरेको थियो । यसक्रममा खेलको ८० औं मिनेटमा भोजपुरका लागि मिलन लिम्बूले बराबरी गोल फर्काएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?