युवकराज र दीपशीखाले जिते गौघाट ग्रीन रनको उपाधि

युवकराज र दीपशीखाले जिते गौघाट ग्रीन रनको उपाधि
+
-
देशसञ्चार AI सारांश
  • जलवायु परिवर्तन विषयमा जागरण फैलाउन आयोजित गौघाट ग्रीन रनमा युवकराज बुढा र दीपशीखा शाही च्याम्पियन घोषित भए।

  • प्रतियोगिता खजुरामा सम्पन्न भई विजयीलाई नगद र पदक वितरणसँगै प्रकृति संरक्षणको महत्त्व पनि रेखांकित गरियो।

  • धारा नेपालगञ्ज म्याराथनको ११औँ संस्करणको मंसिरमा आयोजना तय, दर्ता प्रक्रिया सुरु भइसकेको छ।

नेपालगञ्ज- जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आयोजित गौघाट ग्रीन रनको उपाधि युवकराज बुढा र दीपशीखा शाहीले जितेका छन्।

धारा नेपालगञ्ज म्याराथनको भगिनी इभेन्टका रूपमा गत वर्षदेखि सुरु गरिएको गौघाट ग्रीन रन एघार वर्षदेखि नियमित आयोजना हुँदै आएको छ। यस वर्षको प्रतियोगितामा कर्णालीका जुम्लाका युवकराज बुढा र बाँकेको कोहलपुरकी दीपशीखा शाही च्याम्पियन बनेका हुन्।

खजुरा गाउँपालिकाको सितापुरमा आयोजित पाँच किलोमिटर खुला पुरुषतर्फ नरैनापुरका अरविन्द कुमार यादव दोस्रो र जुम्लाका यमराज खत्री तेस्रो भए। खुला छात्रा २.५ किलोमिटर दौडमा कोहलपुरकी दीपशीखा शाही प्रथम, कोहलपुरकी स्वस्तिका शाही दोस्रो र बर्दियाकी राधा सुनार तेस्रो भइन्।

खजुरा पालिका स्तरीय पाँच किलोमिटर छात्रा प्रतिस्पर्धामा ज्ञानोदय उच्च माविका धनिराम खटिक प्रथम, जनता उच्च माविका निकेस खत्री दोस्रो र अमर माविका युसुफ विक तेस्रो भए। त्यसैगरी, छात्रा २.५ किलोमिटर दौडमा अमर माविकी विनिसा एलजी पहिलो, योगिनी माविकी प्रशंसा विसी दोस्रो र अमर माविकी विनिता पुलामी तेस्रो भइन्।

विजयी खेलाडीहरूलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तिरन गौतम, मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, वडाअध्यक्ष धनराम ओली र विश्वस्तरीय धावक केन्याका जोन केलाईले नगद तथा पदक वितरण गरे।

कार्यक्रममा धारा नेपालगञ्ज म्याराथनकी सद्भावना दूत मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधानले प्रकृतिलाई पहिलो गुरु मान्नुपर्ने बताइन्। उनले भनिन्, “सबै मिलेर प्रकृति जोगाउन सकेमात्र मानव अस्तित्व सुरक्षित रहन्छ। दौडले समाजलाई जोड्छ र स्वस्थ राख्छ। आजैदेखि सबैले प्लास्टिकको प्रयोग घटाउँदै स्वस्थ समाज निर्माणमा लाग्नुपर्छ।”

गत सोमबारमात्र श्रृच्छा प्रधान र कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदक विजेता केन्याका जोनलाई धारा नेपालगञ्ज म्याराथनको सद्भावना दूत नियुक्त गरिएको थियो।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले जागरण फैलाउने उद्देश्यले आयोजित ग्रीन रनले प्रसिद्ध व्यक्तित्वहरू मार्फत सन्देश फैलाउन सफल भएको बताए। उनले पालिकाले यस कार्यक्रमसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए। लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तिरन गौतमले पनि पृथक अवधारणाको दौडले समाजमा शान्ति, एकता र सद्भाव फैलाउने बताए।

विश्व रनिङको साझा संस्था ‘एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस’ (AIMS) बाट प्रमाणीकरण प्राप्त रुटमा हुने धारा नेपालगञ्ज म्याराथनको ११औँ संस्करण आगामी मंसिर ६ गते (शनिबार) हुनेछ। यसका लागि दर्ता खुला गरिसकिएको आयोजकले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?