प्लानिङ ब्वाइज युनाइटेड बेलबारीमा जारी रनिङ गोल्डकपको सेमिफाइनलमा

प्लानिङ ब्वाइज युनाइटेड बेलबारीमा जारी रनिङ गोल्डकपको सेमिफाइनलमा
+
-

मोरङ – केही महिनाअघि ‘ए’ डिभिजनमा स्तरोन्नती भएको काठमाडौँको प्लानिङ ब्वाइज युनाइटेड मोरङको बेलबारीमा जारी मेजर स्वर्गीय एन. बि. रुङ‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

बेलबारीको लक्ष्मीमार्गस्थित खेल मैदानमा मंगलबार भएको तेस्रो क्वार्टरफाइनलमा धनकुटा राजारानीको रारा फुटबल क्लबलाई १–० ले पराजित गर्दै प्लानिङले अन्तिम चारमा स्थान पक्का गरेको हो। पहिलो हाफमा थप गरिएको दुई मिनेटको अतिरिक्त समयमा प्लानिङले गोल गरेको थियो।

प्लानिङका लागि खेलको ४७ औँ मिनेटमा सविन लुङ्गेलीले गोल गरेका थिए। सोही गोल नै प्लानिङको जितका लागि निर्णायक बनेको थियो।

जित हात पारेको प्लानिङले अब बिहीबार हुने सेमिफाइनलमा आयोजक एलएक्स सिटी फुटबल क्लबको सामना गर्नेछ।

गोल्डकपअन्तर्गत बुधबार हुने अन्तिम क्वार्टरफाइनलमा साविक उपविजेता सिरहाको सहलेश युथ क्लबले ‘ए’ डिभिजन लिग विजेता क्लब चर्च ब्वाइज युनाइटेडको सामना गर्ने गोल्डकप आयोजक क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए।

अध्यक्ष राईका अनुसार गोल्डकप विजेता क्लबले आठ लाख रुपैयाँसहित रनिङ शिल्ड र उपविजेता हुने क्लबले चार लाख रूपैयाँसहित पुरस्कार हात पार्नेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष