महोत्तरीको गौशालामा जुवाको खालबाट पाँच जना पक्राउ

महोत्तरीको गौशालामा जुवाको खालबाट पाँच जना पक्राउ
+
-
देशसञ्चार AI सारांश
  • महोत्तरीको गौशालाको विभिन्न स्थानमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा स्थानीय र भारतको बिहार राज्यका व्यक्ति समेत रहेका छन्, जसलाई जुवा खालबाट समातेको हो।
  • प्रहरीले स्थानीय इलाकाबाट जुवा खेलमा संलग्न व्यक्तिहरूलाई नगदसहित विभिन्न सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ।

जनकपुरधाम- महोत्तरीको गौशालाको विभिन्न स्थानमा जुवाको खेलिरहेका पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका १२ बस्ने ४२ वर्षीय सुरेन्द्र सिंह, ४२ वर्षीय राजेश्वर सिंह कुशवाहा, ३७ वर्षीय मकेश्वर सिंह कुशवाहा, औरही नगरपालिका ४ बस्ने २५ वर्षीय अनिल सहनी र भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम पञ्चायत हरिबेला बस्ने ४० वर्षीय बेचन महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टका अनुसार छुट्टा छुट्टै स्थान र समयमा पाँचै जनालाई जुवा खालबाट पक्राउ गरिएको हो ।

गौशाला–११, लक्ष्मिनिया स्थित पानी ट्याङ्कीको भवनमा जुवा तथा तास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीबाट खटेको प्रहरी टोलीले ३९ हजार ११० रुपैयाँ र भारु ६ सयसहित गौशाला–१२ का तीन जनालाई पक्राउ गरेको हो ।

यस्तै, गौशाला–८ बेलगाछीस्थित रमेश यादवको उखु खेतमा जुवा तथा तास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीबाट खटेको प्रहरी टोलीले नेपाली रुपैयाँ ८७ हजार ५९० र भारतीय रुपैयाँ ५ हजार २० सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष