मधेस प्रदेश: लोसपाका सोनलको नेतृत्वमा सरकार बनाउन ६ दलको दाबी

मधेस प्रदेश: लोसपाका सोनलको नेतृत्वमा सरकार बनाउन ६ दलको दाबी
+
-
देशसञ्चार AI सारांश
  • लोकतान्त्रिक समाजवादी पार्टीका जितेन्द्र प्रसाद सोनारको नेतृत्वमा छ दलले मधेस प्रदेशमा सरकार गठनको दाबी पेश गरेका छन्।
  • प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामापछि नयाँ सरकार गठनको आह्वान गरेकी थिइन्।
  • जनमत पार्टीले एमाले-कांग्रेस गठबन्धनलाई छाडेर साना दलहरूतर्फ लागेपछि नयाँ सरकार गठनको सम्भावना बनेको हो।

जनकपुरधाम- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा छ दलले संयुक्त रूपमा दाबी पेश गरेका छन्।

मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। सो आह्वानअनुसार छ दलले ५७ जना प्रदेशसभा सदस्यहरूको समर्थनसहित सरकार गठनको दाबी पेस गरेका हुन्।

दाबी पेश गर्ने दलहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। यी दलहरूले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी गरेका हुन्।

मधेस प्रदेशसभा कुल १०७ सदस्यीय रहेकोमा दुई जना निलम्बित भएकाले हाल १०५ जना सदस्य सक्रिय छन्।

यसअघि नेकपा (एमाले), नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा सरकार गठनको तयारी गरे पनि पछिल्लो सत्तासन्तुलनमा फेरबदल भएको हो। जनमत पार्टीले एमाले-कांग्रेस गठबन्धन छाडेर साना दलहरूतर्फ लागेपछि लोसपाका सोनलको नेतृत्वमा नयाँ सरकार गठनको दाबी प्रस्तुत गरिएको हो।

प्रदेशसभामा हाल नेकपा (एमाले) का २५ (एक निलम्बित), नेपाली कांग्रेसका २२, जसपाका १९, जनमतका १३, लोसपाका ९ (एक निलम्बित), माओवादी केन्द्रका ९, नेकपा (एकीकृत समाजवादी) का ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक-एक जना सदस्य रहेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष